कृषकले पाउन थाले पेन्सन, गाउँ-गाउँमा छायो खुसीयाली

व्यावसायिक भैँसीपालन गर्दै आएका नरैनापुर गाउँपालिका–५ मटेहिया निवासी बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दङ्ग भएका छन् ।

“गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकोमा धेरै खुसी लागेको छ”, ४९ भैँसी र पाँच गाईपालन गरी दूध बेचेर जिविकोपार्जन गर्दै आउनुभएका उनले भने,“अव कृषि तथा पशुपालन गर्न थप जाँगर आएको छ ।” बाँकेको नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यादव सहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ ।

कृषक पेन्सन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको छ महीनामा १२ जना कृषकलाई छनौट गरी जनही दुई हजारका दरले कृषक पेन्सन बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार गाउँपालिकामा चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी प्रति किसान दुई हजारका दरले कृषक पेन्सन कार्यक्रम शुरु भएको हो । कृषक पेन्सन कार्यक्रमका लागि पहिलो वर्ष ६ जना व्यावसायिक पशुपालक कृषक र ६ तरकारी खेती गर्ने किसानलाई छनौट गरी कृषक पेन्सन कार्यक्रम वितरण गरिएको छ ।

कार्यक्रमले आगामी वर्ष नरैनापुरका किसानका बीचमा अझ प्रतिस्पर्धाको भावना उत्पन्न भई गाउँपालिकालाई नै कृषि र पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन प्रेरित गर्न मद्दत पु¥याउने विश्वास लिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

“गाउँपालिकामा कृषि र पशुपालनको अपार सम्भावना छ”, उनले भने,“ परम्परागत कृषि र पशुपालनमा विश्वास गर्दे आएका यहाँका किसानलाई आधुनिक कृषितर्फ आकर्षित गराउन पनि कृषक पेन्सन कार्यक्रम लागू गरिएको हो ।”

गाउँपालिकाको कृषि शाखाबाट छनौटमा पर्ने ६ जनामा सबै जना व्यावसायिक तरकारी खेती गर्दै आएका किसान परेका छन् । वडा नं. ५ मा १९ कठ्ठामा व्यावसायिक तकारी खेती गर्ने हस्मत अली साई, १४ कठ्ठामा तरकारी लाउनुभएका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आउनुभएका वडा नं ४ दौलतपुरका धनविर थारु, १० कठ्ठामा तरकारी खेती गर्ने वडा नं. २ निवासी रामसुरत मौर्य, सोही वडाकी आरती देवी मौर्य र ५ कठ्ठामा तरकारी खेती गर्दै आउनुभएकी वडा नं. १ की कमला तिवारीले कृषक पेन्सन प्राप्त गरेका छन् ।

यसैगरी पशुपालक किसानबाट दुई हजार कुखुरा पालन गर्दै आउनुभएका वडानं. ६ निवासी अमरलाल मौर्य, ५ गाई र ४९ वटा भैँसी पाल्नुभएका वडा नं. ५ का वलियासार यादव र वडा नं. २ का जहाँ इफरान अहमद कृषक पेन्सनमा छनौटमा परेका छन् ।

वडा नं. ५ का हरिशङ्कर मुराउ, वडा नं. ४ का छोटेलाल राढ र वडा नं. ५ का रामसुमत यादवले पनि कृषक पेन्सन प्राप्त गरेका छन् । व्यावसायिक कृषि कर्म गर्ने तथा पशुपालनलाइ व्यवसाय बनाउनेलाई आधार बनाएर किसान छनौट गरी कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

सिफारिस

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका छन्  । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को शिलान्यास गरिएको छ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बुधबार काठमाडौँमा एक समारोह बीच शिलान्यास...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको छ । हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, के भयो छलफल ?

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका...

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी...

धेरै पढिएको