दीपेन्द्रको शानदार ब्यटिङ्ग, ओमानमाथि नेपालको सहज जित

दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले ओमानमा जारी चार देशीय टी-२० क्रिकेट शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ।

ओमानले दिएको १३६ रनको लक्ष्य पछ्याएको नेपालका लागि दीपेन्द्रले ५३ बलमा ८ चौका र १ छक्कासहित ७३ रनको अर्धशतकीय पारी खेले। यस्तै आरिफ सेखले २५, आसिफ सेख १४, ज्ञानेन्द्र मल्ल १३ र प्रदीप ऐरी ४ रन जोडे।

ओमानका केलीमुल्लाहले ४ ओभमा २४ रन खर्चिदै २ विकेट लिए। यस्तै खावर खानले ४ ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए।

त्यसअघि अलअमेरित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो।

ओमानका कप्तान जिसम मक्सुदले ४१ बलमा ४ चौका र १ छक्कासहित ४३ रनको नटआउट पारी खेले। यस्तै मोहम्मद नदिमले ३१ रन बनाए। अविनाश बोहराले नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले ओपनर कश्यप प्रजापतिलाई ११ रनमा बोल्ड पारे।

यस्तै चौथो ओभरको पहिलो बलमै आरिफ सेखले अर्का ओपनर जितिन्दर सिंहलाई विकेटकिपर आसिफ सेखको हातबाट १३ रनमा क्याच गराए।

छैटौं ओभरको तेस्रो बलमा कमलसिंह ऐरीले आयान खानलाई ११ रनमा आउट गरे। आयानले ९ बलमा २ चौकासहित ११ रन जोडे।

१०औं ओभरको तेस्रो बलमा कप्तान लामिछानेले सोयब खानलाई ११ रनमा विकेट किपर आसिफको हातबाट क्याच गराउँदै ओमानमाथि दबाब बनाए। तर पाचौं विकेटका लागि कप्तान जिसम र नादिमले ६१ रनको साझेदारी गर्दै ओमानको पारी अघि बढाए।

१८औं ओभरमा अविनाश बोहराले दुई विकेट लिदैँ नेपाललाई खेलमा फर्काए। उनले चौथो बलमा ३१ रनमा खेलिरहेका मोहम्मद नादिमलाई शरद भेषावकरको हातबाट क्याच गराए। ३० बलमा नादिमले २ चौका प्रहार गरे।

नेपालका अविनास बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। यस्तै कमलसिंह ऐरी, आरिफ सेख, सन्दीप लामिछानेले समान १-१ विकेट लिए।

यसअघि नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। नेपाली टोलीबाट दुई खेलाडीले डेब्यू गरे। अलराउण्डर विवेक यादव र स्पिनर सागर ढकालले डेब्यू गरेका हुन।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको