देशभर पछिल्लो २४ घण्टामा ६८० जना कोरोना संक्रमित थपिएका छन् । कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर सक्रिय संक्रमित २० हजार भन्दा कम रहेका छन् । अर्थात मंगलबार देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ।  यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ जना पुगेको छ ।

हालसम्म देशभर पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ३९ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ८५९ जनामा कोरोना पुष्टि भएको छ भने संक्रमितमध्ये ९ लाख ४२ हजार ७३७ जना निको भएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा ४३ हजार ८८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here