विश्वकप छनोटमा अन्तर्गत ओमानमाथि नेपालको शानदार जित

नेपाली बलरहरुले घातक बलिङ गरेपछि आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ।

अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो।

सुरुवातदेखि नै नेपाली बलरहरु खेलमा हावी भएपछि ओमानका कुनैपनि ब्याट्सम्यान खुलेर खेल्न सकेनन। ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन।

ओमानका जितेन्द्र सिंह ९, खावर अली ७, आमिर कालिम ९, आयान खान ३, जसिम मक्सुदले २ रनमात्रै जोड्न सकेन।

त्यसअघि ब्याटरहरुले खराब प्रदर्शन गरेपछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो।

नेपालका लागि आरिफ सेखले सर्वाधि ३८ रन बनाए। ३७ बलमा उनले २ चौका प्रहार गरे। कप्तान सन्दीप लामिछानेले अन्त्यमा ७ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाउँदै नटआउट रहेका थिए। नेपालले दुवै ओपनर कुशल भुर्तेल र आसिफ सेखलाई सस्तैमा गुमाएको थियो।

कुशलले ५ तथा आसिफले ४ रनमात्रै जोड्न सके। मध्यक्रममा पनि नेपाली ब्याटरहरु रन जोड्न असफल रहे।

तेस्रो नम्बरमा आएका ज्ञोनेन्द्र मल्लले १५ बलमा २ चौकासहित १५ रन जोडे। दीपेन्द्रसिंह ऐरीले १८ बलमा एक चौका प्रहार गर्दै ११ रनमात्रै बनाउँन सके। उनको स्थानमा क्रिजमा आएका लोकेश बमपनि धेरै बेर टिकेनन। १७ बलमा एक छक्कासहित उनले १६ रन बनाए।

त्यसपछि क्रिजमा आएका विवेक यादव पनि १० बल खेल्दै ७ तथा कलमसिंह ऐरी पनि १ रनमै पवेलियन फर्किए।

ओमानका खावर अलीले ३ विकेट लिए। ४ ओभरमा उनले ३० रन खर्चे। यस्तै बिलाल खानले २ तथा फयट भट र जसिम मक्सुदले १–१ विकेट लिएका थिए।

जारी विश्वकप छनोटमा नेपालको समूहमा ओमान, फिलिपिन्स र क्यानडा छन्। सबैले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ। नेपालले शनिबार फिलिपिन्सको सामना गर्नेछ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको