आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा यूएईविरुद्ध नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ।
नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। अलराउण्डर कुशल मल्लको स्थानमा विवेक यादवलाई टोलीमा ल्याइएको छ।
नेपालको सुरुवाती–११ मा कप्तान सन्दीप लामिछाने, आसिफ शेख , ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, विवेक यादव, कमलसिंह ऐरी र अभिनास बोहरा छन्।
यस खेलमा नेपालले जित हात पारे यसैवर्षको अक्टोबलमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।
नेपाल २०१४ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा छ । युएई पनि नेपाललाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ । नेपाल समूह बी को विजेता र युएई समूह ए को उपविजेता हुन् ।
नेपालले ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले पराजित गर्यो । अपराजित यात्राका साथ सेमिफाइनल खेल्ने नेपाल एकमात्र टोली हो ।