सरकारले माग्यो बेरोजगारको सूची, रोजगारी पाउन कसरी दिने आवेदन ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरुका लागि आवेदन मागेको छ ।

बेरोजगारहरुलाई १ सय दिन बराबरको रोजगार सुविधा प्रत्याभूति गराउन भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुमार्फत् विवरण लिन लागेको हो ।

बेरोजगारका रुपमा संकलित तथ्याङ्कलाई सरकारले आगामी आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गर्नेछ ।

बेरोजगार व्यक्ति १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्नेछ भने निवेदन दिँदाको मितिसम्म सोहि आर्थिक वर्षमा न्यूनतम सय दिनको रोजगारमा संलग्न नभएको हुनुपर्नेछ ।

त्यस्तै, स्वरोजगार व्यक्तिहरुको हकमा वार्षिक ५७ हजार ७ सय रुपैयाँ भन्दा कम आय भएका व्यक्तिले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रममा भाग लिन पाउनेछन् ।

रोजगार कार्यक्रमका लागि परेका निवेदनहरुलाई वडा कार्यालयले छानबिन गरेर बेरोजगार ठहर गर्नुपर्नेछ । त्यस्तै, निवेदनलाई स्थानीय निर्देशक समितिले छानबिन गरी बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले स्वीकृत गर्नेछ ।

रोजगारीको हक मौलिक हकका रुपमा राखिएको छ । प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पुरा गरेका नेपाली नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन महिनाभर आवेदन दिन सक्ने श्रम मन्त्रालयले बिहीबार सूचना जारी गरेर जानकारी गराएको छ ।

सिफारिस

लगनखेलमा यसरी घुमाइयो रातो मत्स्येन्द्रनाथको रथ (तस्वीरहरू)

काठमाडौं-  रातो मत्स्येन्द्रनाथको रथलाई आज लगनखेलमा पुर्‍याइएको छ । लगनखेल पुर्याएसंगै रथलाई दुई पटक घुमाइएको छ । नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मत्स्येन्द्रनाथको रथलाई बालकुमारी...

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्। उपत्यका अनुसन्धानका कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली सिरोहियालाई पक्राउ गर्न थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयमा...

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्।...

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। संसद् भवन...

आज देशभर कहाँ कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

प्रधानमन्त्री प्रचण्डले चौथोपटक पाए विश्वासको मत, पक्षमा १५७

प्रधानमन्त्री पुष्यपकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत पाएका छन्।...

कांग्रेसकाे अवराेधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। संघीय संसद्...

धेरै पढिएको