नेपालमा पेट्रोलको मूल्य अत्याधिक घट्न सक्ने, रुसले दियो यस्तो अफर

काठमाडौं । एक दिन अघिमात्र अमेरिका र युरोपेली देशले रुसबाट तेल आयातमा समेत प्रतिबन्ध लगाएका छन् । यी प्रतिबन्धबाट समस्यामा परेको रुसका तेल कम्पनीहरुले भारतलाई तेलमा भारी छुट दिने अफर गरेका छन् ।

बिजनेस स्ट्याण्डर्डको रिपोर्टअनुसार रुसका तेल कम्पनीहरुले भारतलाई कच्चा तेलको मूल्यमा २५ देखि २७ प्रतिशतसम्म छुट अफर गरेका छन् ।

रुसी तेल कम्पनीहरुको यो अफरको सीधा असर नेपाली बजारमा पर्ने देखिएको छ । भारतको इण्डियन आयल कर्पोरेशनबाट प्रशोधित तेल नेपालले किन्छ । नेपालले कच्चा तेल किनेर प्रशोधन गर्दैन ।

इण्डियन आयलले कच्चा तेल किनेर प्रशोधन गरेपछि त्यो प्रशोधित तेल नेपालले किन्ने गरेको छ । इण्डियन आयलले भारी छुटमा तेल किनेर सस्तो मूल्यमा आफ्नो बजारमा बिक्री गर्दा नेपालले पनि सस्तो मूल्यमा तेल पाउने सम्भावना उच्च हुन्छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भारी वृद्धि हुँदा त्यसको असरले नेपाली बजारमा पनि तेलको मूल्य बढिरहेको छ ।

भारत विश्वमै दोस्रो धेरै जनसंख्या भएको देश र क्षेत्रफलको हिसाबले सातौं ठूलो देश हो । भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद, महासभा लगायत कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा युक्रेन आक्रमणको मुद्दामा रुसको निन्दा वा रुसविरुद्ध मतदान गरेको छैन ।

यस्तोमा रुसी कम्पनीहरुले भारतीय बजारलाई प्राथमितामा राखेका छन् । पश्चिमी बजार बन्द भएसँगै रुसका लागि भारत निकै महत्वपूर्ण बजार बनेको छ ।

रुसको सबैभन्दा ठूलो सरकारी तेल कम्पनी रोसनेफ्टबाट भारतले अधिक मात्रामा कच्चा तेल किन्छ । गएको डिसेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत आएका बेला रोसनेफ्ट र इण्डियन आयलले २०२२ को अन्त्यसम्म नोभोरोस्सिएस्क बन्दरगाहमार्फत भारतलाई २ करोड टनसम्म तेल आपूर्ति गर्ने एक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बिजनेस स्ट्याण्डर्डको रिपोर्टअनुसार रुसी तेल कम्पनीहरुले ब्रेन्ट क्रुड आयलको पुरानो मूल्यमा २५ देखि २७ प्रतिशतसम्म छुट दिन तयार छन् । रुसी तेल कम्पनीहरुले भारी छुटको अफर गरेको संकेत दिँदै एक सूत्रले भनेको छ, ‘प्रस्ताव आकर्षक छ । यद्यपि अहिलेसम्म तेल खरिदको भुक्तानी कसरी गर्ने भन्ने प्रस्ट छैन ।’

यद्यपि यो पनि भनिएको छ कि प्रतिबन्धको बीच रुससँग व्यापार सुरु गर्नुभन्दा पहिले भारत निकै सतर्क रहनुपर्छ । युक्रेनमा आक्रमणको बीच रुससँग तेल किन्दा यसले अन्य कैयौं देशहरुलाई रुष्ट बनाउन सक्छ किनकि ती देशहरुले यसलाई रुसलाई आर्थिक सहयोग गरेको रुपमा पनि हेर्न सक्छन् ।

ब्लुमबर्गको एक रिपोर्टअनुसार प्रतिबन्ध लगाइनुभन्दा ठिक पहिले नै रुसको कच्चा तेलको मूल्य ११.६० ब्यारलभन्दा तल गएको थियो । यसका बावजुद रुसी कच्चा तेलको लिलामीमा बोली लागेन किनकि रुसमाथि सम्भावित प्रतिबन्धलाई दृष्टिगत गर्दै कोही पनि रुसको तेल किन्न तयार भएनन् ।

रुसका कैयौं बैंकहरुलाई स्विफ्ट बैंकिङ प्रणालीबाट हटाइएपछि रुससँग व्यापार गर्न विश्वका कैयौं देशहरुलाई कठिन भएको छ । भारतको सरकार र भारतीय रिजर्भ बैंक रुसबाट आफ्नो आयातको भुक्तानीको लागि वैकल्पिक बाटो खोजिरहेका छन् । भारतले आफ्ना बैंक र कम्पनीहरुसँग वैकल्पिक बाटोको विषयमा छलफल गरिरहेको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको