लगातार तीन खेल जित्दै नेपाल फाइनलमा, करणको ह्याट्रिकसहित ५ विकेट

काठमाडौं – नेपाल घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी २० श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ । पपुवा न्यूगिनीलाई ३७ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।

दीपेन्द्र सिंह ऐरी र डेब्यु ब्वाए आदिल अन्सारी अनी करण केसीले ह्याट्रिक सहित ५ विकेट लिएपछि बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हराउन सफल भएको हो ।

करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिएका थिए। टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो पहिलो ह्याट्रिक हो ।

नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । लगातार तीन खेल हारेको पीएनजीले शुक्रबार मलेसियासँग खेल्नेछ । फाइनल पुग्ने सम्भावना कायम राख्न पीएनजीले मलेसियालाई हरानुपर्नेछ । नेपालले लिगको अन्तिम खेल शनिवार मलेसियासँग खेल्नेछ ।

२०४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.४ ओभरमा १६६ रनमा अलआउट भयो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ६२ रन बनाए । यस्तै टोनी उराले ४३ र सेस बाउले २५ रन जोडे ।

नयाँ बल बलिङ गरेका करण केसीले उत्कृष्ट बलिङ गर्दा लक्ष्य पछ्याउने क्रममा पीएनजीले दुवै ओपनरलाई व्यक्तिगत एक रनमा गुमायो । लेगा सिएकालाई पहिलो ओभरमा करण केसीले आसिफ शेखबाट क्याचआउट गराए ।

यो विकेटसँगै करणले टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे । यस्तै तेस्रो ओभरमा कप्तान असद भालाई पनि करणले सोमपाल कामीबाट क्याचआउट गराउँदा पीएनजीले १३ ओभरमा २ विकेट गुमायो ।

त्यसपछि चार्ल्स अमिनी र टोनी उराले इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गरे । सोमपाल कामीले यो साझेदारी तोड्दै दुवैलाई आउट गरे ।

सोमपालले १२औं ओभरामा ४३ रन बनाएका उरालाई आउट गरे । त्यसपछि १४औं ओभरमा अमिनीलाई आउट गरे । दुवैलाई कुशल भुर्तेलबाट क्याचआउट गराए । अमिनीले ४७ बल खेल्दै ९ चौका प्रहार गरे ।

त्यसपछि नोर्मन भानुअ र सेस बाउले पीएनजीको इनिङ्सलाई अघि बढाएका थिए । तर १८औं ओभरमा अविनाश बोहराले दुवैलाई आउट गरेपछि पीएनजीले १५८ रनमा ६ विकेट गुमायो । अविनाशले १७ रन बनाएका भानुअलाई उक्त ओभरको दोस्रो बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए भने तेस्रो ओभरमा बाउलाई बोल्ड गरे ।

रिले हेकुरे ७ रन बनाएर १९औं ओभरको अन्तिम बलमा बउट भए । उनलाई नेपालका कप्तान सन्दीप लामिछानेले करण केसीबाट क्याचआउट गराए ।
यस्तै अन्तिम ओभरमा करणले ह्याट्रिक विकेट लिए । उनले उक्त ओभरको दोस्रो २ रन बनाएका चाड सपरलाई रोहित पौडेलबाट क्याचआउट गराए । यस्तै तेस्रो बलमा सिमोन अटाईलाई बोल्ड गरे । चौथो बलमा नोसाइन पोकनालाई दीपेन्द्रबाट क्याचआउट गराए ।

बलिङमा नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए । सोमपाल कामी र अविनाश बोहराले ४ ओभरमा समान ३४ रन खर्चेर २(२ विकेट लिए । यस्तै कप्तान सन्दीपले १ विकेट लिन ४ ओभरमा ३७ रन खर्चिए ।

त्यसअघि दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेपछि नेपालले कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २०३ रन बनाएको थियो ।

चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्रले ३३ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ६६ रन बनाए । यसै खेलबाट टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका आदिल अन्सारीले आक्रमक ब्याटिङ गर्दै ३१ रन बनाए । उनले ११ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे ।

दीपेन्द्रले १९औं ओभरको अन्तिम बलमा आउट हनुअघि ४ ओभर ४ बलमा आदिल अन्सारीसँग मिलेर ७६ रनको साझेदारी गरेका थिए ।
यस्तै रोहित पौडेलले ४१, आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन जोडे ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमा ४४ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुवात दिलाएका थिए । तर सातौं ओभरको दोस्रो बलमै उक्त साझेदारी तोडियो । कुशल भुर्तेल २० बलमा १७ रन बनाएर आउट भए ।

आसिफ शेख दशौँ ओभरमा आउट भए । आसिफले २९ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ३८ रन बनाए । त्यसपछि रोहित पौडेल र दीपेन्द्रले नेपालको इनिङ्स अघि बढाए ।

तेस्रो विकेटका लागि दीपेन्द्र र रोहितले ५१ रनको साझेदारी गरे । रोहितले २३ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४१ रन बनाए ।

चौथो विकेटका लागि दीपेन्द्र र आदिल अन्सारीले ७६ रनको साझेदारी गरे । दीपेन्द्र १९औं र आदिल २०औं ओभरमा आउट भए । १९औं ओभरमा ३२ रन जोडेको नेपालले अन्तिम ओभरमा ३ विकेट गुमाएर जम्मा ४ रन मात्र जोडेको थियो । बलिङमा पीएनजीका कबुअ मोरेअले ३, रिले हेकुरेले २ नोर्मन भानुअले १ विकेट लिए ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको