आज पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा झरेको छ। तेजावी सुनको मूल्य पनि ९८ हजार २ सय रुपैयाँमा झरेको छ।
चाँदीको भाउमा पनि सोमबार प्रतितोला १० रुपैयाँको गिरावट देखिएको छ। चाँदी प्रतितोला १३५० रुपैयाँमा कारोबार भइरहेको छ।
