ॐ धनवन्तरी आयुर्बेद हस्पिटलमा फाल्गुन ४ गते नि:शुल्क स्वास्थ्य शिविर हुदैँ

काठमाडौँ – निजी  स्तरबाट सन्चालित नेपालको पहिलो आयुर्बेद हस्पिटल ॐ धनवन्तरी  आयुर्बेद हस्पिटलले यही फाल्गुन ४ गते आईतवारको दिन नि:शुल्क स्वास्थ्य शिविर  सन्चालन गर्ने भएको छ । यही माघ २४ गते शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो।

हस्पिटलले दिएको जानकारी अनुसार उक्त दिन बाथ, प्यारालाइसिस, हड्डी खिएको, नसा च्यापिएको, ग्यस्ट्रिक्स, डिप्रेशन, अनावश्यक डर, अनिन्द्रा, पिनास, मधुमेह, दम, युरिक एसिड, महिला तथा पुरुषमा हुने यौन समस्या तथा सरुवा यौन रोग, नपुङ्सकता, निसन्तानपन, अनुहारको दाग, डण्डिफोर, दुबी, पाईल्स, फिसर, फिस्टुलाको साथै सबै खाले रोगको नि:शुल्क परीक्षण गरिनेछ ।

उक्त पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष निरु पोख्रेलले भनिन -“यही माघ २६ आईतवार देखी फाल्गुन ४ गते आईतवार सम्म करिब एक हप्ता नाम दर्ता गरिनेछ । बिरामीले आफ्नो नाम कार्यालय समयमा ०१-४३७९०९६, ०१-४३७४५४८, वा ९८०१३८९५८० फोन गरेर दर्ता गर्न सक्नुहुनेछ । त्यो दिन हामीले अधिकतम ५०० बिरामीको निशुल्क स्वास्थ्य परीक्षण गर्न सक्छौं । अत: जती सक्दो समयमै नाम दर्ता गरेर आफ्नो सिट सुरक्षित राख्न अनुरोध गर्दछौं ।”

उनले थपिन -“यो निजी स्तरबाट सन्चालित नेपालकै पहिलो आयुर्बेद हस्पिटल हो, हामीले झण्डै दुई दशक देखी देश र जनताको सेवा गरिरहेका छौं। हामिले लाखौं जनाताको विश्वाश जितेका छौं । हाम्रा पुरानो बिरामी तथा शुभेक्षुकहरुको अनुरोधलाई मध्येनजर राख्दै यो नि:शुल्क स्वास्थ्य शिबिर  राखेका छौं ।”

हस्पिटलका निर्देशक बिनोद अधिकारीले भने – “यो हस्पिटल बिरामीमैत्री छ, एक पल्ट परीक्षण शुल्क तिरेपछी एक बर्ष सम्म परीक्षण शुल्क तिर्नु पर्दैन । देश भरी हाम्रो २२ वटा शाखा कार्यालय छन र बिरामीले आफुलाई पायक पर्ने स्थानबाट हाम्रो सेवा लिन सक्छन । काठमाण्डौंका अधिकांश हस्पिटल ब्यबसायमुखी भए पनि हामी अझै सेवामुखी छौं । झण्डै दुई दशक देखी न्युन शुल्कमा गुणस्तरीय सेवा प्रदान गरिराखेका छौं।”

सोही कार्यक्रममा प्रशासकिय अधिकृत कुमार चौधरीले उक्त दिन सकेसम्म कुनै कमि कमजोरी हुन नदीइ शिविरलाई सभ्य, भब्य र बिरामीमैत्री बनाउन कुनै कसरत बाँकी नराख्ने बताए ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको