ॐ धनवन्तरी आयुर्बेद हस्पिटलमा फाल्गुन ४ गते नि:शुल्क स्वास्थ्य शिविर हुदैँ

काठमाडौँ – निजी  स्तरबाट सन्चालित नेपालको पहिलो आयुर्बेद हस्पिटल ॐ धनवन्तरी  आयुर्बेद हस्पिटलले यही फाल्गुन ४ गते आईतवारको दिन नि:शुल्क स्वास्थ्य शिविर  सन्चालन गर्ने भएको छ । यही माघ २४ गते शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो।

हस्पिटलले दिएको जानकारी अनुसार उक्त दिन बाथ, प्यारालाइसिस, हड्डी खिएको, नसा च्यापिएको, ग्यस्ट्रिक्स, डिप्रेशन, अनावश्यक डर, अनिन्द्रा, पिनास, मधुमेह, दम, युरिक एसिड, महिला तथा पुरुषमा हुने यौन समस्या तथा सरुवा यौन रोग, नपुङ्सकता, निसन्तानपन, अनुहारको दाग, डण्डिफोर, दुबी, पाईल्स, फिसर, फिस्टुलाको साथै सबै खाले रोगको नि:शुल्क परीक्षण गरिनेछ ।

उक्त पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष निरु पोख्रेलले भनिन -“यही माघ २६ आईतवार देखी फाल्गुन ४ गते आईतवार सम्म करिब एक हप्ता नाम दर्ता गरिनेछ । बिरामीले आफ्नो नाम कार्यालय समयमा ०१-४३७९०९६, ०१-४३७४५४८, वा ९८०१३८९५८० फोन गरेर दर्ता गर्न सक्नुहुनेछ । त्यो दिन हामीले अधिकतम ५०० बिरामीको निशुल्क स्वास्थ्य परीक्षण गर्न सक्छौं । अत: जती सक्दो समयमै नाम दर्ता गरेर आफ्नो सिट सुरक्षित राख्न अनुरोध गर्दछौं ।”

उनले थपिन -“यो निजी स्तरबाट सन्चालित नेपालकै पहिलो आयुर्बेद हस्पिटल हो, हामीले झण्डै दुई दशक देखी देश र जनताको सेवा गरिरहेका छौं। हामिले लाखौं जनाताको विश्वाश जितेका छौं । हाम्रा पुरानो बिरामी तथा शुभेक्षुकहरुको अनुरोधलाई मध्येनजर राख्दै यो नि:शुल्क स्वास्थ्य शिबिर  राखेका छौं ।”

हस्पिटलका निर्देशक बिनोद अधिकारीले भने – “यो हस्पिटल बिरामीमैत्री छ, एक पल्ट परीक्षण शुल्क तिरेपछी एक बर्ष सम्म परीक्षण शुल्क तिर्नु पर्दैन । देश भरी हाम्रो २२ वटा शाखा कार्यालय छन र बिरामीले आफुलाई पायक पर्ने स्थानबाट हाम्रो सेवा लिन सक्छन । काठमाण्डौंका अधिकांश हस्पिटल ब्यबसायमुखी भए पनि हामी अझै सेवामुखी छौं । झण्डै दुई दशक देखी न्युन शुल्कमा गुणस्तरीय सेवा प्रदान गरिराखेका छौं।”

सोही कार्यक्रममा प्रशासकिय अधिकृत कुमार चौधरीले उक्त दिन सकेसम्म कुनै कमि कमजोरी हुन नदीइ शिविरलाई सभ्य, भब्य र बिरामीमैत्री बनाउन कुनै कसरत बाँकी नराख्ने बताए ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको