काठमाडौंको जाम हटाउन सरकारले ल्यायो यस्तो योजना, छुट्यायो यति धेरै बजेट

काठमाडौंको चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि नारायणगोपाल सडकखण्डको लागि १ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ। अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल ४ लेनमा विस्तारको काम सुरु हुने भएको छ।

काठमाडौं उपत्यकाको ग्यार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाई ओभर र कोटेश्वर र नयाँ बानेश्वरमा अन्डरपास निर्माण कार्य सुरु गरिने भएको छ।

त्यस्तै कलंकीदेखि नारायण गोपाल चोक सम्मको सडक विस्तारको लागि सरकारले १ अर्ब रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माका अनुसार आगामी बर्षको बजेट कार्यक्रममा उक्र रकम विनियोजन भएको हो।

उपत्यकाको ट्राफिक व्यवस्थापनमा यो विस्तारले सहयोग पुग्ने समेत सरकारले बताएको छ।

त्यस्तै सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत इन्टरनेटको पहुँच बढाउन शुल्क घटाउने बताएका हुन् ।

बजेटमार्फत राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्नसमेत बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, नागढुंगाको सुरुङमार्ग आगामी वर्षभित्र खोलिनेछ। जसको लागि ५ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु हुने भएको छ।

दुम्कीबास–बर्दघाट, कुलेखानी–भीमफेदीमा सुरुङमार्ग निर्माण गरिने भएको छ। काठमाडौं उपत्यकाका ४ भन्झाङ ४ सुरुङमार्गको अवधारणाअन्तर्गत ३ ठाउँमा सुरुङमार्ग निर्माण गरिने भएको छ।

सुरुङमार्ग विकास कार्यक्रमको लागि १ अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको