सरकारले पत्रकारहरुलाई ५ लाख रुपैयाँसम्म सहुलियत ऋण दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट आइतवार संघीय सदनका दुवै संसदको बैठकमा पेश गर्ने क्रममा यस्तो बताएका हुन्।
त्यस्तै सरकारले अबदेखि अनलाइन सञ्चारमाध्यमलाई पनि लोकल्याणकारी विज्ञापन दिने भएको छ। यसअघि यो लोककल्याणकारी विज्ञापन छापामाध्यम, रेडियो र टेलिभिजनहरुलाई मात्रै दिइने गरिएको थियो।
त्यस्तै सरकारले म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलका रुपमा विकास गर्ने बताएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई विभिन्न क्षेत्रमा प्राथमिकता दिइने बताएका छन् ।
सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको छ । सरकारले विकट र विपन्न व्यक्तिको बाहुल्यता रहेका जिल्लामा यस्तो सुविधा दिएको हो ।
