२ हजार नेपाली नर्सलाई बेलायतमा रोजगारी, कति पाउँछन् तलब ?

काठमाडौं – नेपाली नर्सलाई बेलायतमा पठाउने तयारी भइरहेको छ। पहिलो चरणमा स्वास्थ्य क्षेत्रमा २ हजार नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउने तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ।

शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच श्रम सम्झौता गर्ने सहमति भएको थियो।

बेलायत सरकारको माग अनुसार स्वास्थ्य क्षेत्रमा पहिलो चरणमा २ हजार नर्स पठाउने तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले बेलायतसँग श्रम सम्झौताको मिति तय गर्ने छ।

नेपाल र बेलायत सरकारबीच हुने श्रम सम्झौतापत्रको तयारीका लागि दुवै देशका तर्फबाट सहभागी प्रतिनिधिको संयुक्त प्रयासबाट सुरक्षा क्षेत्रभन्दा बाहिर पहिलोपटक नेपालीहरूले बेलायतमा रोजगारीको अवसर प्राप्त गर्न लागेका हुन्। जापानपछि विकसित देश बेलायतसँग नेपालले श्रम सम्झौता गर्न लागेको हो।​

यस्ता छन् मापदण्ड
श्रम सम्झौता पत्रको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेको छ। उक्त मस्यौदामा नेपाली नर्सको योग्यता, अध्ययनसँगै तालिम, अंग्रेजी भाषा र अनुभवलाई समेटिएको श्रम मन्त्रालयले जनाएको छ।

रोजगारीका लागि बेलायत जान चाहने नर्सहरूले इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६ अंक प्राप्त गर्नुपर्ने प्रस्ताव बेलायतले गर्दै आएको थियो।

तर, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ५.५ अंक ल्याए पनि मान्यता दिनुपर्ने अडान नेपालको छ। सोही अनुसार नै मस्यौदाको खाका तयार भएको श्रम मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।

नर्सिङ पढेका, अस्पतालमा काम गरिरहेका नर्सहरूलाई अनुभवका आधारमा लिइने छ। अन्तर्राष्ट्रिय भाषाको परीक्षा लिएर मात्र लैजाने गरी मस्यौदा तयार भएको छ। बेलायत जाने नर्सहरूले मासिक न्यूनतम ३ लाख कमाउने छन्। रोजगारीमा जाने नर्सको बेलायत जाने खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नेछ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको