अमेरिकी सेना सम्झौता एसपिपीबारे बोलिन् राष्ट्रपति, प्रधानमन्त्रीलाई दिइन् यस्तो सुझाव

काठमाडौँ – अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे राष्ट्रपति विद्यादेवि भण्डारीले चासो व्यक्त गरेकी छिन्।

अमेरिकाले नेपालमा एसपिपी सम्झौतामार्फत आफ्नो सैनिक राख्ने प्रस्ताव अघि सारेपछि भण्डारीले त्यसप्रति चासो जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई अघि नबढाउन सन्देश पठाएकी छिन्।

सम्झौताको मस्यौदा सार्वजनिक भएपछि त्यसको विरोध भइहरको छ। अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब दिइरहेको छ।

देउवाको असार अन्तमा हुने अमेरिका भ्रमण र त्यहीँ बेला सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाले दबाब दिइरहको कुरा बाहिर आइरहेका बेला राष्ट्रपति भण्डारीले देशलाई दीर्घकालीन असर पर्ने काम नगर्न सुझाव दिएकी हुन्।

भण्डारीले नेपालको परराष्ट्र र सुरक्षा नीति जुन जगमा उभिएको छ त्यसलाई खलल पार्ने खालका कुनै पनि सम्झौता हुनु हुन्न भन्ने सन्देश दिएकी छिन्।

नेपाली सेनाको परमाधिपति समेत रहेकी भण्डारीले सेनाका उच्च अधिकारीहरुसँग यो विषयमा निरन्तर छलफल गरिरहेकी छिन्।

राष्ट्रपति भण्डारीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा तोडेको अनुशासनबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छिन्।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) सम्झाैता नगर्ने आश्वासन दिएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगकाे भेटवार्तामा देउवाले यस्ताे आश्वासन दिएका हुन्।

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको