प्रदेश सरकारले पनि बढायो कर्मचारीको तलब, महँगी भत्ता छुट्टै

काठमाडौं – बागमती प्रदेश सरकारले पनि कर्मचारीको तलब वृद्धि गरेको छ । प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट विनियोजन गर्दै प्रदेश कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेको हो ।

‘साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति सेवामा कार्यरत कर्मचारीको तलब संघीय निजामति सरह १५ प्रतिशत बढाइएको छ,’ प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले भने ।

यसैगरी, साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति र करारमा कार्यरत कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिने व्यवस्था मिलाइएको समेत उनले घोषणा गरे । यसका साथै, प्रदेश मातहतका कर्मचारीको सामूहिक १० लाख दुर्घटना बीमा गर्न बजेट विनियोजन गरिएको छ ।

वागमती प्रदेश सभामा आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक मामिल तथा योजनामन्त्री शालिकराम जमकट्टेलले २०७९ साउने १ गतेदेखि लागु हुनेगरी महँगी भत्ता दिने भएको हो । प्रदेश सरकार मातहतको कर्मचारीको १० लाखको सामूहिक दुर्घटना बिमाको लागि बजेट विनियोजन गरेको बताए ।

त्यस्तै, बागमती प्रदेश सरकारले अहिलेसम्म सार्वजनिक भएको प्रदेश सरकारको बजेट मात्रै सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक २०७९/८० को लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको हो ।आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले नयाँ बजेट प्रस्तुत गरेका हुन् ।

चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख बजेट, पूँजीगत ४१ अर्ब ५६ करोड २४ लाख बजेट छुट्टाइएको छ । भने वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बजेट र वित्तीय व्यवस्थातर्फ २ अर्ब बजेट व्यवस्थापन गरिएको हो ।

चालू आवमा सो प्रदेश सरकारले ५७ अर्ब ७२ करोडको बजेट ल्याएको थियो । चालू आवको भन्दा १३ अर्ब धेरैको नयाँ बजेट ल्याएको हो ।

यसैबीच वागमती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंलाई सुविधा सम्पन्न गराउन १ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ ।

बजेटमा प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनामार्फत हेटौंडालाई सुविधा सम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पूर्वाधारहरु र हेटौंडा चक्रपथ निर्माण गर्न १ अर्ब ५ करोड ८० लाख बजेट विनियोजन गरिएको अर्थमन्त्रीले योजना अघि सारे ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको