प्रदेश सरकारले पनि बढायो कर्मचारीको तलब, महँगी भत्ता छुट्टै

काठमाडौं – बागमती प्रदेश सरकारले पनि कर्मचारीको तलब वृद्धि गरेको छ । प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट विनियोजन गर्दै प्रदेश कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेको हो ।

‘साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति सेवामा कार्यरत कर्मचारीको तलब संघीय निजामति सरह १५ प्रतिशत बढाइएको छ,’ प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले भने ।

यसैगरी, साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति र करारमा कार्यरत कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिने व्यवस्था मिलाइएको समेत उनले घोषणा गरे । यसका साथै, प्रदेश मातहतका कर्मचारीको सामूहिक १० लाख दुर्घटना बीमा गर्न बजेट विनियोजन गरिएको छ ।

वागमती प्रदेश सभामा आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक मामिल तथा योजनामन्त्री शालिकराम जमकट्टेलले २०७९ साउने १ गतेदेखि लागु हुनेगरी महँगी भत्ता दिने भएको हो । प्रदेश सरकार मातहतको कर्मचारीको १० लाखको सामूहिक दुर्घटना बिमाको लागि बजेट विनियोजन गरेको बताए ।

त्यस्तै, बागमती प्रदेश सरकारले अहिलेसम्म सार्वजनिक भएको प्रदेश सरकारको बजेट मात्रै सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक २०७९/८० को लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको हो ।आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले नयाँ बजेट प्रस्तुत गरेका हुन् ।

चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख बजेट, पूँजीगत ४१ अर्ब ५६ करोड २४ लाख बजेट छुट्टाइएको छ । भने वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बजेट र वित्तीय व्यवस्थातर्फ २ अर्ब बजेट व्यवस्थापन गरिएको हो ।

चालू आवमा सो प्रदेश सरकारले ५७ अर्ब ७२ करोडको बजेट ल्याएको थियो । चालू आवको भन्दा १३ अर्ब धेरैको नयाँ बजेट ल्याएको हो ।

यसैबीच वागमती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंलाई सुविधा सम्पन्न गराउन १ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ ।

बजेटमा प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनामार्फत हेटौंडालाई सुविधा सम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पूर्वाधारहरु र हेटौंडा चक्रपथ निर्माण गर्न १ अर्ब ५ करोड ८० लाख बजेट विनियोजन गरिएको अर्थमन्त्रीले योजना अघि सारे ।

सिफारिस

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

धेरै पढिएको