नायब सुब्बाले चार वर्षमै कसरी कमाए ६ करोड ?

राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) सरहका एक सरकारी कर्मचारीले चार वर्षमै ६ करोड २४ लाख पैसा कमाएको देखिएको छ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापनका सहायक भिमकान्त भण्डारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

२०७३ असोज २१ गते सार्वजनिक सेवामा प्रवेश गरेका उनले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए। आयोगका अनुसार भण्डारीले प्रथम श्रेणीअन्तर्गत वरिष्ठ व्यस्थापन सहायक पद सम्हालेको थिए।

भण्डारीले झन्डै चार वर्ष सहायकको रूपमा काम गर्दा स्रोत नखुलेको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको देखिएपछि सो बराबर रकम भ्रष्टाचार गरेको ठहर गरी गैरकानुनी सम्पति जफत गर्न मागदाबीसहित मुद्दा दर्ता गरेको आयोगले जनाएको छ।

आयोगले भण्डारीविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाही गर्न माग गरेको छ। भण्डारी २०७३ असोज २१ गते रा. प.अनं. प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सेवा प्रवेश गरी २०७७ साउन १ मा स्वेच्छिक अवकाशमा गएको अख्तियारले जनाएको छ ।

भण्डारी २०७७ सालको असारसम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा कार्यरत थिए । कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री खरिदमा बदनाम भएको ओम्नी कम्पनीमा पनि उनी संलग्न रहेका थिए । अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना पनि माग गरेको छ

अख्तियारले उनको र श्रीमती समेतको जम्मा आम्दानी र खर्चको हिसाब गर्दा २६ लाख ६१ हजार ६३६ रूपैयाँ मात्र आम्दानी गरेको देखिए पनि ६ करोड २४ लाख ४ हजार ६ रूपैयाँ ४४ पैसाको स्रोत नखुलेकोले सो रकमबमोजिम बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

‘निज भिमकान्त भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा रु.२६,६१,६३६।०९ आय आर्जन गरेको, निजको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा रु. ६,५०,६५,६४२।५३ खर्च तथा लगानी गरेको तथा निजको कुल आय आर्जन रु. २६,६१,६३६।०९ मा निजले गरेको कुल खर्च तथा लगानी (व्यय) रु.६,५०,६५,६४२।५३ घटाउँदा हुन आउने रु. ६,२४,०४,००६।४४ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको हुँदा निज भिमकान्त भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा…आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ‘, अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको