काठमाडौं – मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ।
बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना क्षणभरमा तुहियो। पत्नी सुनैनाले आफ्नो नानको सम्पत्तिसहित नयाँ पति बनाएको थाहा पाएपछि हरेराम छाँगाबाट खसे ।
उनले भने, “उनलाई खुसी पार्न के के गरिन, सिसौनगढमा किनेको १० धुर घडेरी सुनैनाकै नाममा पास गराएँ। छोराछोरीको पढाइका लागि सदरमुकाम कलैयामा आऊ धुर जग्गा जोडेँ। त्यो जग्गा पनि उनकै नामबाट रजिस्ट्रेसन पास गराएँ। तैपनि मलाई धोका दिई उनले नयाँ पति वरण गरिन्।’
हरेरामले बैदेशिक रोजगारीका क्रममा श्रीमती मात्र गुमाएनन्, पाँच वर्षसम्म दिनरात मेहनत गरी कमाएको सम्पत्तिसमेत गुमाउनु पर्यो। हरेराम छोराछोरीसहित प्रहरीमा न्यायका लागि पुगेपछि प्रहरीले सुनैनालाई झिकायो तर उनले हरेरामसँग बस्न इन्कार गरिन्।
छोराछोरीसहित प्रहरीमा न्यायका लागि पुगेपछि पतिले आर्जन गरेको जग्गा र सम्पत्ति लिएर प्रहरीले सुनैनालाई झिकायो तर उनले हरेरामसँग पत्नीले अझै पुरुष वरण गरेपछि त्यो सम्पत्ति बस्न इन्कार गरे।
पतिले आर्जन गरे को जग्गा र सम्पत्ति लिएर पत्नीले अर्कै पुरुष वरण गरेपछि त्यो सम्पत्ति पतिले पुनः प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने जिज्ञासामा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले भने , “पत्नीले पतिसँग सम्बन्धविच्छेद मात्र गरेको छ, नयाँ पति वरण गरेको छैन भने त्यस्तो अवस्थामा पत्नीको नाममा भएको चल–अचल श्रीसम्पत्ति पतिले नै कमाएको प्रमाणित भएमा सो सम्पत्तिबाट आधा पतिको र आधा पत्नीको हुनेछ ।”
यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
