अखिल नेपाल फुटबल संघ (एन्फा) नयाँ अध्यक्षमा पंकज​ नेम्वाङ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ पाए भने अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले एक मत पनि पाएनन् ।

नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष थिए । एन्फामा गणेश थापा अध्यक्ष हुँदा उनको कार्यशैलीको विरोध जनाउँदै कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङले ‘चेन्ज एन्फा’ अभियान सुरु गरेका थिए ।

अभियान सफलता उन्मुख हुँदै गर्दा नेम्वाङले कर्मालाई नेता मानेर एन्फाको नेतृत्वमा पनि पुर्‍याए । तर पछिल्लो चार वर्ष वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङले कर्मा र उनको काममाथि निरन्तर प्रश्न उठाएर असहमति जनाइरहे । र अन्तमा उनै शेर्पाविरुद्ध अध्यक्षमा चुनाव लडेका नेम्वाङ विजयी पनि भए ।

  त्यस्तै पंकज नेम्वाङ प्यानलका वीरबहादुर खड्का वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

सोमबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको मतदानमा उनले वर्तमान मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीलाई ४ मतले पराजित गरेका हुन्। खड्काले ४४ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी पराजुलीले ४० मत ल्याए।

एन्फाको साधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here