बालेन शाहले चुनावमा कति गरेछन् खर्च ? सार्वजनिक गरे यस्तो विवरण

काठमाडौं महानगरका मेयर बालेन शाहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। सोमबार उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् स्थानीय निर्वाचनमा विभिन्न शीर्षकमा खर्च भएको रकम सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक गरेको विवरणअनुसार स्थानीय चुनावमा झन्डै चार लाख रूपैयाँ खर्च भएको छ।

खर्च सार्वजनिक गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘खर्चको विवरण केही समयअगाडि नै सार्वजनिक भइसक्नुपर्ने थियो। तर विभिन्न कारणले ढिलो भएकामा माफी चाहन्छौं। हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रूपैयाँ (३,९४,४८९) भएको छ।’

बालेनका अनुसार यसमध्ये मतगणनाको समयमा मात्रै एक लाख रूपैयाँभन्दा बढी खर्च भएको थियो।

मतगणना ढिलो भएर निर्वाचन प्रक्रिया लामो र बोझिलो हुनुका साथै उम्मेदवारका लागि महँगो भइरहेको बताउँदै उनले यसमा सबैको ध्यान जान जरूरी रहेको बताएका छन्।

‘भन्नै पर्ने कुरा छ- एउटा उम्मेदवारका रूपमा हामीले जुन साथ र विश्वास पायौं, त्यसलाई संसारको सबभन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन। त्यो अमूल्य साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गराउन हामी हर समय खटिरहनेछौं,’ उनले भनेका छन्।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको