पेट्रोलियम पदार्थको मूल्य किन बढाइयो ? संसदमा आपूर्तिमन्त्रीले दिए यस्तो जवाफ

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाइराख्न मूल्यवृद्धि गरिएको जवाफ दिएको छ। पेट्रोलिय पदार्थको मूल्यवृद्धिबारे सोमबार सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेपछि मंगलबारको प्रतिनिधि सभा बैठकमा जवाफ दिन उपस्थित भएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले आपूर्ति सहज बनाइराख्न पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको बताए।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र सो बमोजिम सर्वसाधारणको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगर्दा आयल निगमलाई जेठ मसान्तसम्म करिब ५० अर्ब रुपैयाँ घाटा हुन गएको उनले बताए।

बडूले इन्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने २२ अर्ब रुपैयाँ हाल बक्यौता रहेको पनि बताए। ‘म सदनसमक्ष जानकारी गराउन चाहन्छु। सोही कारण इन्डियन आयल कर्पोरेसनलाई पेट्रोलियम पदार्थ खरिद बापत तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको हुँदा आपूर्ति सहज बनाइराख्नका लागि मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यात्मक स्थिति निगमका सामुन्ने देखापरेको छ’, प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले भने।

अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा घटाउने र बढ्दा बढाउने गरिएको र त्यसको जानकारी आयल निगमको वेबसाइटमा सार्वजनिक गर्ने गरिएको पनि बताए ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद्हरुले पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको विरोध गर्दै सरकारको जवाफ माग गरेका थिए। सोही अनुसार सभामुख अग्निप्रसाद सापकोटाले जवाफका लागि रुलिङ गरेका थिए। बडूले मंगलबारको बैठकमा जवाफ दिएका हुन्।

त्यस्तै मन्त्री  बडूले खाना पकाउने एलपीजी ग्यासको खपत घटाउन विद्युत महशुलमा छुट दिने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतको खपत बढाउँदै ग्यासको खपत घटाउन महसुलमा छुट दिन लागेको जानकारी दिए ।

आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री बडूले भने, ‘खाना पकाउन प्रयोग हुने एलपी ग्यासको खपत न्यूनीकरण गर्ने र विद्युतको खपत बढाउन विद्युत महशुलमा सहुलियत दिइ राहत प्रदान गर्ने तयारी भइरहेको छ ।

’ यसैगरी, विद्युतीय चुलो लगायत विद्युतीय सामान प्रयोग बढाउनका लागि करमा छुट दिने र बढी विद्युत प्रयोग गर्ने उद्योगलाई करमा छुट दिने नीति सरकारले लिएको छ ।

यसका साथै, पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा सहजतापूर्वक प्रयोगका लागि सरकारले अघि नीति अघि बढाएको मन्त्री बडूले बताए । यसका लागि मन्त्री बडूले पेट्रोलियम पदार्थको विवेकपूर्ण उपयोग गर्न उपभोक्तालाई आग्रह समेत गरे ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको