सतर्कता नअपनाए काठमाडौंमा कडा लकडाउनको तयारी

काठमाडौं – काठमाडौं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। बर्खायाममा अस्पताल भर्ना हुने झाडापखालाका बिरामी बढिरहँदा हैजाका बिरामी पनि फेला परेको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए।

उनले भने, ‘शुरूमा काठमाण्डूको बागबजारमा दुईजना बिरामी फेला परेका हुन्। धेरै सिकिस्त भएकोले आईसीयूमै भर्ना गर्नुपर्‍यो, तर अहिले जेनरल वार्डमा सारिएको छ।’

त्यसबाहेक काठमाडौंको डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एक–एकजना बिरामी भेटिएको उनले जानकारी दिए। भर्ना भएका हैजाका बिरामीहरू १८ वर्षदेखि ५५ वर्षका रहेका छन्।

हैजा कसरी भयो ?
फेला पारिएका सबै बिरामीले खाने गरेको पानीको नमुना सङ्कलन गरी जाँच गर्दा झाडा पखाला गराउने जीवाणु पाइएको डा. दासले बताए। बागबजारका बिरामीको हकमा उनीहरुले खाने पानीको जाँच गर्दा झाडा पखाला गराउने ईकोलाइ र कोलिफर्म दुइटै जीवाणु देखिएको उनले बताए ।

सबै बिरामीको हकमा हैजाको कारण दूषित पानी भएको देखिएको बताउँदै डा दासले भने, ‘दूषित कहाँ भयो भन्ने कुरा पत्ता लगाउन हामी लागिपरेका छौँ।’ सन् २०१५–०१६ यता काठमाण्डू उपत्यकामा हैजाका बिरामी फाटफुट देखिने गरेको उनले बताए। उनले भने, ‘काठमाण्डूलाई हामीले इन्डेमिक शहरको रूपमा लिएका छौँ।’

नियन्त्रणका लागि के गरिँदैछ ?
हैजा पुष्टि भएसँगै कारण पत्ता लगाउन एवं रोकथाम तथा नियन्त्रणबारे सुझाव दिन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूले छानबिन टोली गठन गरेको छ। छ सदस्यीय टोलीले काम पनि थालिसकेको त्यसका संयोजक तथा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूका प्रमुख वसन्त अधिकारीले बताए।

डा. दासका अनुसार निगरानी गर्ने र नमुना लिने काम निरन्तर भइरहेको छ। उनले भने, अस्पतालले रिपोर्ट गर्नेबाहेक ठूला अस्पताल तथा स्वास्थ्य चौकीमा आफैँ पुगेर अनि नगएको दिन फोनमार्फत् निगरानी गर्ने काम एप्रिलदेखि नै गरिरहेका बताए ।

काठमाण्डूका अन्य ठाउँमा पनि हैजा फैलिएको हुन सक्ने डा दासको अनुमान छ। ‘झुपडी बस्तीहरू हैजाका लागि सम्भावित ठाउँ हुन सक्छन्। त्यो भएर हामीले वाग्मती नदी किनारका सुकुम्बासी क्षेत्रलाई लिएर चनाखो भएका छौँ’ उनले थपे।

हैजाबारे सचेतना फैलाउने काम तथा पानी आपूर्ति गर्ने सरकार निकायका साथै निजी कम्पनीहरूलाई पानी राम्रोसँग शुद्धीकरण गरेपछि मात्रै आपूर्ति गर्न पनि आफूहरूले भनेको प्रमुख अधिकारीले बताए। हैजा नियन्त्रणमा ल्याउन लकडाउन नै गर्नुपर्ने हुन सक्ने विज्ञको चेतावनी छ । उनीहरुले अहिले नै सतर्कता नअपनाए कडा लकडाउन गर्नुपर्ने हुन सक्ने बताएका छन् ।

हैजाका लक्षण के हुन् ?
डा। दासका अनुसार बिरामीअनुसार सामान्यतया दुई घण्टादेखि पाँच दिनभित्र हैजाका लक्षण देखिने गर्छ। यद्यपि कसैकसैलाई लक्षण नदेखिन सक्ने पनि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूका प्रमुख अधिकारी बताउँछन्। अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल सीडीसीका अनुसार हरेक १० जनामध्ये एकजना बिरामीमा हैजाको गम्भीर लक्षण देखिन सक्छ।

चिकित्सकका सुझाव के छन् ?
खानेपानी तथा सरसफाइमा ध्यान दिए हैजाबाट जोगिन सक्ने चिकित्सकहरू बताउँछन्। विशेषगरी हामीले पिउने पानीमा ध्यान पुर्‍याउनुपर्ने डा। दासको सुझाव छ। ‘क्लोरीन हालेर पानी शुद्ध पार्न सकिन्छ अथवा पानी राम्ररी उमालेर पिउँदा पनि हुन्छ। अर्का कुरा हात पनि राम्ररी धुने गर्नुपर्छ’ उनले थपे।झिँगाले पनि सार्न सक्ने भएकोले खानेकुरालाई राम्ररी छोपेर राख्न उनी सुझाउँछन्।

हैजाको लक्षण देखिएपछि अस्पताल जान अथवा चिकित्सकलाई देखाउन ढिलाइ गर्न नहुने तथा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूका प्रमुख अधिकारी बताउँछन्। अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाखदेखि ४० लाख मानिसलाई हैजा हुन्छ र २१,००० देखि १,४३,००० मानिसको मृत्यु हुने गरेको आकलन गरिएको बीबीसीले जनाएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको