सतर्कता नअपनाए काठमाडौंमा कडा लकडाउनको तयारी

काठमाडौं – काठमाडौं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। बर्खायाममा अस्पताल भर्ना हुने झाडापखालाका बिरामी बढिरहँदा हैजाका बिरामी पनि फेला परेको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए।

उनले भने, ‘शुरूमा काठमाण्डूको बागबजारमा दुईजना बिरामी फेला परेका हुन्। धेरै सिकिस्त भएकोले आईसीयूमै भर्ना गर्नुपर्‍यो, तर अहिले जेनरल वार्डमा सारिएको छ।’

त्यसबाहेक काठमाडौंको डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एक–एकजना बिरामी भेटिएको उनले जानकारी दिए। भर्ना भएका हैजाका बिरामीहरू १८ वर्षदेखि ५५ वर्षका रहेका छन्।

हैजा कसरी भयो ?
फेला पारिएका सबै बिरामीले खाने गरेको पानीको नमुना सङ्कलन गरी जाँच गर्दा झाडा पखाला गराउने जीवाणु पाइएको डा. दासले बताए। बागबजारका बिरामीको हकमा उनीहरुले खाने पानीको जाँच गर्दा झाडा पखाला गराउने ईकोलाइ र कोलिफर्म दुइटै जीवाणु देखिएको उनले बताए ।

सबै बिरामीको हकमा हैजाको कारण दूषित पानी भएको देखिएको बताउँदै डा दासले भने, ‘दूषित कहाँ भयो भन्ने कुरा पत्ता लगाउन हामी लागिपरेका छौँ।’ सन् २०१५–०१६ यता काठमाण्डू उपत्यकामा हैजाका बिरामी फाटफुट देखिने गरेको उनले बताए। उनले भने, ‘काठमाण्डूलाई हामीले इन्डेमिक शहरको रूपमा लिएका छौँ।’

नियन्त्रणका लागि के गरिँदैछ ?
हैजा पुष्टि भएसँगै कारण पत्ता लगाउन एवं रोकथाम तथा नियन्त्रणबारे सुझाव दिन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूले छानबिन टोली गठन गरेको छ। छ सदस्यीय टोलीले काम पनि थालिसकेको त्यसका संयोजक तथा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूका प्रमुख वसन्त अधिकारीले बताए।

डा. दासका अनुसार निगरानी गर्ने र नमुना लिने काम निरन्तर भइरहेको छ। उनले भने, अस्पतालले रिपोर्ट गर्नेबाहेक ठूला अस्पताल तथा स्वास्थ्य चौकीमा आफैँ पुगेर अनि नगएको दिन फोनमार्फत् निगरानी गर्ने काम एप्रिलदेखि नै गरिरहेका बताए ।

काठमाण्डूका अन्य ठाउँमा पनि हैजा फैलिएको हुन सक्ने डा दासको अनुमान छ। ‘झुपडी बस्तीहरू हैजाका लागि सम्भावित ठाउँ हुन सक्छन्। त्यो भएर हामीले वाग्मती नदी किनारका सुकुम्बासी क्षेत्रलाई लिएर चनाखो भएका छौँ’ उनले थपे।

हैजाबारे सचेतना फैलाउने काम तथा पानी आपूर्ति गर्ने सरकार निकायका साथै निजी कम्पनीहरूलाई पानी राम्रोसँग शुद्धीकरण गरेपछि मात्रै आपूर्ति गर्न पनि आफूहरूले भनेको प्रमुख अधिकारीले बताए। हैजा नियन्त्रणमा ल्याउन लकडाउन नै गर्नुपर्ने हुन सक्ने विज्ञको चेतावनी छ । उनीहरुले अहिले नै सतर्कता नअपनाए कडा लकडाउन गर्नुपर्ने हुन सक्ने बताएका छन् ।

हैजाका लक्षण के हुन् ?
डा। दासका अनुसार बिरामीअनुसार सामान्यतया दुई घण्टादेखि पाँच दिनभित्र हैजाका लक्षण देखिने गर्छ। यद्यपि कसैकसैलाई लक्षण नदेखिन सक्ने पनि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूका प्रमुख अधिकारी बताउँछन्। अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल सीडीसीका अनुसार हरेक १० जनामध्ये एकजना बिरामीमा हैजाको गम्भीर लक्षण देखिन सक्छ।

चिकित्सकका सुझाव के छन् ?
खानेपानी तथा सरसफाइमा ध्यान दिए हैजाबाट जोगिन सक्ने चिकित्सकहरू बताउँछन्। विशेषगरी हामीले पिउने पानीमा ध्यान पुर्‍याउनुपर्ने डा। दासको सुझाव छ। ‘क्लोरीन हालेर पानी शुद्ध पार्न सकिन्छ अथवा पानी राम्ररी उमालेर पिउँदा पनि हुन्छ। अर्का कुरा हात पनि राम्ररी धुने गर्नुपर्छ’ उनले थपे।झिँगाले पनि सार्न सक्ने भएकोले खानेकुरालाई राम्ररी छोपेर राख्न उनी सुझाउँछन्।

हैजाको लक्षण देखिएपछि अस्पताल जान अथवा चिकित्सकलाई देखाउन ढिलाइ गर्न नहुने तथा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूका प्रमुख अधिकारी बताउँछन्। अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाखदेखि ४० लाख मानिसलाई हैजा हुन्छ र २१,००० देखि १,४३,००० मानिसको मृत्यु हुने गरेको आकलन गरिएको बीबीसीले जनाएको छ ।

सिफारिस

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार बिदाइ गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गर्दै रुवान्डामा...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ । हरेक वर्ष वैशाख २ गते मनाइने बिस्का जात्राअन्तर्गत मनाइको सिन्दूर जात्रा सकिएको हो ।...

पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टि-१० लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटा ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको...

माइतीघरमा नारा : गरिबको चमेली सुन दिने कोहि छैन (तस्वीरहरू)

काठमाडौं - अखिल (क्रान्तिकारी) ले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक गरिएको...

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

धेरै पढिएको