प्रधानमन्त्री देउवा पत्नी आरजुलाई कोरोना

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा बसेकी हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ५५ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ६९८ जनाको परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार यससँगै सक्रिय संक्रमितिको संख्या २८० पुगेको छ। मन्त्रालयका अनुसार सो अवधिमा १७ जना संक्रमणमुक्त भएका हुन्।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण हुने मृत्यु शून्य रहेको छ।

यस्तै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले १ सय १० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ ।

‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड–१९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोन लाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ,’ डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भनेका छन् ।

सिफारिस

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार बिदाइ गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गर्दै रुवान्डामा...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ । हरेक वर्ष वैशाख २ गते मनाइने बिस्का जात्राअन्तर्गत मनाइको सिन्दूर जात्रा सकिएको हो ।...

पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टि-१० लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटा ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको...

माइतीघरमा नारा : गरिबको चमेली सुन दिने कोहि छैन (तस्वीरहरू)

काठमाडौं - अखिल (क्रान्तिकारी) ले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक गरिएको...

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

धेरै पढिएको