कम्पनीले भुलबस तलब भन्दा २ सय ८६ गुणा धेरै पैसा खातामा पठाएपछि…

काठमाडौं । एक व्यक्तिलाई उनी कार्यरत कम्पनीले भुलबस उनको तलब भन्दा २ सय ८६ गुणा धेरै पैसा उनको बैंक खातामा जम्मा गरिदियो । एक कर्मचारीको खातामा यसरी कैयौँ गुणा धेरै तलब पठाएको थाहा पाउनका लागि कम्पनीलाई केही समय त लाग्ने नै भयो ।

तर त्यति बेलासम्म ढिलो भैसकेको थियो । तालुमा आलु फलेर खातामा तलबको २ सय ८६ गुणा बढि रकम पाएका ती व्यक्तिले त्यतिबेलासम्म जागिरबाट राजीनामा दिएर टाप कसिसकेका थिए ।

यो घटना दक्षिण अमेरिकी मुलुक चिलीको हो । चिलीको सबैभन्दा ठूलो कोल्ड कट्स उत्पादक कम्पनी कन्सोर्सियो इन्डस्ट्रियल डे अलिमेन्टोसमा यो घटना भएको हो ।

चिलीको समाचार पत्र डियारियो फाइनेन्सिएरोका अनुसार गत मे ३० मा यो घटना भयो । आफ्नो खातामा यतिधेरै रकम आएपछि ती व्यक्तिलाई पक्कै पनि कम्पनीका आर्थिक शाखाका कर्मचारीले गल्ती गरेका हुन् भन्ने लाग्यो र त्यो रकम दम्पच पार्ने सोँचाई बनाए । त्यसपछि उनले कम्पनीमा आफ्नो राजीनामा बुझाए र राजीनामापछि आफ्नो ठेगाना पनि परिवर्तन गरे।

उक्त कम्पनीको मानव संशाधन विभागका लागि अहिले यो घटना निकै टाउको दुखाइको विषय बनेको छ । खातामा मोटो रकम हात पारेर टाप कसेका ती पूर्व कर्मचारीको अत्तोपत्तो छैन । त्यसैले अब ती फरार पूर्व कर्मचारी विरुद्ध कानूनी कारवाही अगाडि बढाउने विकल्प मात्रै कम्पनीसँग छ ।

कम्पनीका अनुसार नाम नखुलाइएका ती कर्मचारीको मासिक तलब ५ लाख पेसो अर्थात करीब ७० हजार रुपैयाँ थियो । तर कम्पनीको आर्थिक शाखाले उनको खातामा २४६ गुणा अर्थात् करीब साढे २ करोड रुपैयाँ पठाइदियो ।

चिलीको पत्रिका डियारियो फाइनेन्सियरोका अनुसार ती व्यक्ति उक्त कम्पनीमा उप व्यवस्थापकको पदमा कार्यरत थिए । यस विषयमा कम्पनीले थाहा पाएर उनीसँग सोधपुछ सुरु गरेसँगै उनले राजीनामा दिएर फरार भएका थिए । एजेन्सीको सहयोगमा

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको