मेयर बालेनले ल्याए काठमाडौँको जाम हटाउने गज्जबको योजना

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौँको जाम हटाउने काइदाको उपाए ल्याएका छन् । काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माण गरेर जाम हटाउने आईडिया ल्याएका हुन् ।

काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खुला चौरमा भूमिगत पार्किङ निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढाएका छन् । काठमाडौं महानगरका मेयर शाहले काठमाडौंको पार्किङ समस्याको समाधानका लागि भूमिगत पार्किङको अवधारणा ल्याएका हुन् ।

त्यसका लागि महानगरले डीपीआरको प्रक्रिया अगाडि बढाइसकेको छ । काठमाडौं महानगरपालिकाका सूचना अधिकारी महेशकुमार काफ्लेले काठमाडौंको कालोपत्रे गरेको सडकमाथि भइरहेका पार्किङ कम गर्न कोर सिटीलाई फोकस गरेर टुँडिखेलमुनि वा खुलामञ्चमुनि, बानेश्वर क्षेत्रका लागि तीनकुने पार्कमुनि, ठमेल क्षेत्रका लागि समाज कल्याण परिषद्स्थित उपराष्ट्रपति भवन छेउको खाली जग्गामुनि हुनसक्ने भनेर सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

‘पार्किङका लागि बेसमेन्टमा अझै डबल बेसमेन्टमा जान सकियो भने सडक खाली गर्न सकिन्छ र ट्राफिक जाम कम गर्न सकिन्छ भन्ने मान्यतामा यो अवधारणा मेयर बालेन्द्र शाहले ल्याएका हुन्,’ उनले भने ।

‘नीति पास भइसकेको छ, अब १–२ दिनमा बजेट पास भएपछि त्यसको डीपीआर गर्न कम्तिमा ४–५ महिना लाग्छ, डीपीआर रिपोर्टले साइन्टिफिकल्ली र टेक्निकल्ली यो प्रोजेक्ट तयार गर्न सकिन्छ भन्ने रिपोर्ट आयो भने मात्र अगाडि बढाउने हो,’ उनले भने ।

‘अहिले सम्भाव्यता अध्ययन मात्र गर्ने भनेको तर आजैबाट निर्माण प्रक्रिया शुरू गर्ने भनेको चाहिँ होइन,’ उनले थप प्रस्ट्याउँदै लोकान्तरसँगको कुराकानीमा भने ।

सूचना अधिकारी महेशकुमार काफ्लेका अनुसार प्रारम्भिक अध्ययनले खुलामञ्चमा १ हजार सवारी पार्किङ गर्न सकिने देखिएको छ भने बाँकी अरु स्थानमा ३००–४०० गाडी र १ हजार जति मोटरसाइकल पार्किङ गर्न मिल्ने प्रारम्भिक अध्ययनले देखाएको उनले जानकारी दिए ।

उनले थप्दै भने, ‘तर अध्ययन गर्दा फिजिबल देखियो भने मात्र यो योजना अगाडि बढाउने हो ।’

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको