मेयर बालेनले ल्याए काठमाडौँको जाम हटाउने गज्जबको योजना

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौँको जाम हटाउने काइदाको उपाए ल्याएका छन् । काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माण गरेर जाम हटाउने आईडिया ल्याएका हुन् ।

काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खुला चौरमा भूमिगत पार्किङ निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढाएका छन् । काठमाडौं महानगरका मेयर शाहले काठमाडौंको पार्किङ समस्याको समाधानका लागि भूमिगत पार्किङको अवधारणा ल्याएका हुन् ।

त्यसका लागि महानगरले डीपीआरको प्रक्रिया अगाडि बढाइसकेको छ । काठमाडौं महानगरपालिकाका सूचना अधिकारी महेशकुमार काफ्लेले काठमाडौंको कालोपत्रे गरेको सडकमाथि भइरहेका पार्किङ कम गर्न कोर सिटीलाई फोकस गरेर टुँडिखेलमुनि वा खुलामञ्चमुनि, बानेश्वर क्षेत्रका लागि तीनकुने पार्कमुनि, ठमेल क्षेत्रका लागि समाज कल्याण परिषद्स्थित उपराष्ट्रपति भवन छेउको खाली जग्गामुनि हुनसक्ने भनेर सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

‘पार्किङका लागि बेसमेन्टमा अझै डबल बेसमेन्टमा जान सकियो भने सडक खाली गर्न सकिन्छ र ट्राफिक जाम कम गर्न सकिन्छ भन्ने मान्यतामा यो अवधारणा मेयर बालेन्द्र शाहले ल्याएका हुन्,’ उनले भने ।

‘नीति पास भइसकेको छ, अब १–२ दिनमा बजेट पास भएपछि त्यसको डीपीआर गर्न कम्तिमा ४–५ महिना लाग्छ, डीपीआर रिपोर्टले साइन्टिफिकल्ली र टेक्निकल्ली यो प्रोजेक्ट तयार गर्न सकिन्छ भन्ने रिपोर्ट आयो भने मात्र अगाडि बढाउने हो,’ उनले भने ।

‘अहिले सम्भाव्यता अध्ययन मात्र गर्ने भनेको तर आजैबाट निर्माण प्रक्रिया शुरू गर्ने भनेको चाहिँ होइन,’ उनले थप प्रस्ट्याउँदै लोकान्तरसँगको कुराकानीमा भने ।

सूचना अधिकारी महेशकुमार काफ्लेका अनुसार प्रारम्भिक अध्ययनले खुलामञ्चमा १ हजार सवारी पार्किङ गर्न सकिने देखिएको छ भने बाँकी अरु स्थानमा ३००–४०० गाडी र १ हजार जति मोटरसाइकल पार्किङ गर्न मिल्ने प्रारम्भिक अध्ययनले देखाएको उनले जानकारी दिए ।

उनले थप्दै भने, ‘तर अध्ययन गर्दा फिजिबल देखियो भने मात्र यो योजना अगाडि बढाउने हो ।’

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको