कांग्रेस मुख्यमन्त्रीको मनपरी, आफन्तकाे नाममा करोडौं बजेट

पोखरा – गण्डकी सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले सरकारी बजेट आफ्ना दिवंगत आफन्तको नाममा कोष र पार्क बनाउन विनियोजन गरेको पाइएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, मन्त्री मेषलाल श्रेष्ठ, कांग्रेस केन्द्रीय नेता अर्जुनप्रसाद जोशी, कांग्रेस नेतृ सीताकुमारी काफ्ले लगायतले प्रदेश सरकारको बजेट दिवंगत आमाबाबुको नामको योजनामा पारेका छन् ।

मुख्यमन्त्री पोखरेलले दिवंगत बाबु गोवद्र्धन शर्माको नाममा स्मृति पार्क बनाउन ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । यो रकमबाट प्रदेशको सामाजिक विकास मन्त्रालयले तनहुँको व्यास नगरपालिकामा पार्क बनाउनेछ ।

प्रदेशका सामाजिक विकासमन्त्री मेषलाल श्रेष्ठको मातापिता पुननारायण, धनकुमारी श्रेष्ठको नाममा रहेको ट्रस्टका लागि प्रदेश सरकारले दुई फरक शीर्षकमा १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

उक्त ट्रस्टको भवन बनाउन भौतिक पूर्वाधार मन्त्रालयबाट कार्यान्वयन हुने गरी ५० लाख र ट्रस्टकै नाममा ‘छुटेको कार्यक्रम’ अन्तर्गत पुनः ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त बजेटको कार्यान्वयन भने मन्त्री श्रेष्ठकै सामाजिक विकास मन्त्रालयले गर्नेछ । ट्रस्टको भवन मन्त्रीको गृहजिल्ला स्याङ्जा भीरकोटमा बन्नेछ ।

त्यस्तै, कांग्रेसका गण्डकी प्रदेश सभापति अर्जुनप्रसाद जोशीको पिताको नाममा पनि बजेट विनियोजन भएको छ । उनका स्वर्गीय बुवा अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन २० लाख रुपैयाँ विनियोजन भएको छ । उक्त पार्क पर्वतको कुश्मा नगरपालिकामा बन्ने छ ।

पर्वतमै स्मृति प्रतिष्ठान गठन गरी कांग्रेसका स्वर्गीय नेता डिल्लीराम लामिछानेको नाममा पनि बजेट विनियोजन भएको छ । उक्त प्रतिष्ठानका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको छ । लामिछाने कुश्माकी निवर्तमान उपमेयर सीताकुमारी काफ्लेका श्रीमान हुन् । उक्त बजेटको कार्यान्वयन भौतिक विकास मन्त्रालयले गर्नेछ ।

यस्तै, मुख्यमन्त्री पोखरेलकै बाबुको नाममा दमौली अस्पतालमा रहेको ‘गोवद्र्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’बारे सम्भाव्यता अध्ययन गर्ने भन्दै १० लाख रूपैयाँ विनियोजन गरिएको छ ।

विपीको नाममा १२ ठाउँमा पार्क !
प्रदेश सरकारले नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाका नाममा गण्डकी प्रदेशका १२ ठाउँमा पार्क र भवन बनाउने भएको छ । त्यसका लागि अर्थमन्त्री रामजी बरालले १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

त्यसबाहेक प्रदेश सरकारले कास्कीको सिक्लेसमा शान्ति स्मारक पार्क बनाउन १ करोड, पोखरा २८ मा थमन स्मृति पार्क बनाउन १० लाख, माछापुच्छ«ेमा हरिबहादुर स्मृति पार्क बनाउन १० लाख, तनहुँको बन्दीपुरमा शहीद स्मृति पार्क बनाउन ५ लाख, भानुमा १० लाख, पर्वतको फलेबासमा ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

मातापिताको नाममा खुलेको ट्रस्टलाई बजेट विनियोजन भएकोबारे चर्को आलोचना भएपछि सामाजिक विकासमन्त्री श्रेयठले सामाजिक सञ्जालमा स्टाटस लेख्दै फिर्ता गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

‘यो शीर्षकको बजेट आगामी वर्षको बजेटबाट हटाई स्रोत व्यवस्थापन गर्न नपर्ने म अर्थमन्त्रीज्यूलाई अनुरोध गर्दछु,’ मन्त्री श्रेष्ठले लेखेका छन्, ‘मेरो बुवाआमाको नाममा रहेको ट्रष्टको उद्देश्य अनुरुप सदैव कार्य गर्ने, गराउनेछु । मैले अब यो शीर्षकको बजेट फिर्ता लिने प्रतिवद्धतासमेत गर्दछु ।’

छुटेका कार्यक्रम समावेश गरिएको भन्दै प्रदेश सरकारले ल्याएको सेतो किताबमा मन्त्री, नेताका आफन्तको नाममा पार्क तथा भवन बनाउन बजेट विनियोजन भएको हो । उक्त पुस्तकमा २७ करोड रुपैयाँका योजना समावेश गरिएका छन् । सेतो पुस्तकबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा जवाफ मागेको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको