बुधवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं – गण्डकी प्रदेश सरकारले असार २९ गते भानु जयन्तीका दिन बुधवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्ले भानु जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो । गएकाे चैतमा मन्त्रिपरिषद्ले बिदासम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचनासमेत प्रकाशित गरिसकेको छ ।

आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको जनाएको छ । बिसं १८७१ मा अहिलेको तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो।

ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादिक्षा लालनपालन त्यसै अनुरुप धार्मीक अनि सांस्कृतिक अनुशाषनमा भएको हो । अहिलेको नेपाली भाषालाई उतिबेला “खस्” भाषा भनिन्थ्यो र यो भाषा लिपीबद्ध भन्दापनि सामान्य अभिब्यक्तिहरुमा मात्र सिमीत थियो । १५ औं शताब्दीमा “खस्” राजाहरुको पराजयसंगै “खस्” भाषा पनि ओझेलमा परेको थियो ।

नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिब्यक्त गरेको हुन् । त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ ।

उतिबेला कविताहरु र औपचारीक साहीत्यहरु संस्कृत भाषामा हुनेगर्दथे, यसअर्थमा संस्कृत भाषा बुझ्न र बुझाउनसक्ने ब्राह्मणहरुको आवश्यक्ता र महत्व धेरै थियो । सामान्य जनमानसले चाहेर पनि सरल अर्थमा आँफै साहित्य र कलात्मक अभिब्यक्ति बुझ्न गाह्रो थियो ।

भानुभक्तले उतिबेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपीबद्ध गरिदिए, अचम्मको कुरा त के छ भने अनुवाद गरिएतापनि नेपाली संस्करणको रामायण अलौकीकरुपमै छन्द र भावको दोभान जस्तो छ ।

अझ फराकीलो हिसाबले सोच्ने हो भने त भानुभक्तले अध्यन र ज्ञानलाई भाषामार्फत सरलीकृत गरेर सबै नेपालीहरुको सरल पहुचमा विस्तार गरेका हुन् भन्न सकिन्छ । आफ्नो समाज र परिवेशबाटै भानुभक्तले सिकेका हुन् तसर्थ यीनको रचनामा समाज र व्यबहारीक्ताको संगम पाइन्छ ।

भानुभक्तको जीवनमा एकजना घाँसीले उनलाई प्रेरणा दिएको हो, घाँसी दरिद्र भएतापनि घाँस काटेर पाएको पैसाले समाजकालागि पानी खाने कुवा खन्दछ । भानुभक्तलाई आफू घाँसीभन्दा धनी भएतापनि समाजकालागि केहि गरुँ भन्ने भाव नभएको महशुस भएर आफूप्रती ग्लानीपनि लाग्दछ ।

तर सबैको देन आ आफ्नै हुन्छ, भानुभक्तका शब्द र अभिब्यक्तिले कथेका काब्यहरु अझैपनि नेपाली दलिनहरु भित्र सुरक्षीत रुपमा राखिएका छन् । रामायणभित्र रहेका बालकाण्ड, अरन्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ।

भानुभक्तले “रामायण”का अतिरिक्त अन्य थुप्रै कृति सृजना गरेपनि उनी रामायणमा बाँचेका छन् । गाँउलेहरुले एकैठाँउमा रामायण वाचन गरेर सुन्नु अहिलेको थ्रिडि या फोर डि सिनेमा हेरेको भन्दा धेरै रसस्वादन गरेर आत्मसाथ गरिन्थ्यो ।

रुची भएका पाठकहरुले रामायणका श्लोकहरु याद गर्नु अहिले पनि नेपाली समाजमा छ भने रोचक प्रसंग त सामान्य नेपाली भाषामा छन्द र श्लोकहरु पाएपछि बिहे, ब्रतबन्ध आदिमा दोहोरी या सिलोक खेल्ने चलन पनि शुरु भएको हो । यसअर्थमा आजको दोहोरी र लोकगीतहरुको उदगम बिन्दु पनि नेपाली समाजका लागि भानुभक्तको सरल रामायण नै हो ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको