हाेटल ए वान क्याफे भेन्युको २० औँ शाखा काेटेश्वरमा, सभामुख श्रेष्ठले गरे उद्घाटन

राेयल ए वान फाष्टफुट ग्रुप द्वारा सञ्चालित हाेटल ए वान क्याफे भेन्युको २० औँ शाखा काठमाडौंको काेटेश्वरमा सोमबार देखि सञ्चालनमा आएको छ ।

साेमबार काेटेश्वर चाेक नजिकै खुलेकाे हाेटल ए वान क्याफे भेन्युको नयाँ शाखाकाे बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।

हाेटल ए वान क्याफे भेन्युको उद्घाटनमा हास्यकलाकारहरु,वडाका जनप्रतिनिधिहरु समेतकाे सहभागिता रहेको थियो । हाेटल उद्घाटन गर्दै वागमती प्रदेशका सभामुख श्रेष्ठले हाेटल ए वान क्याफे भेन्युले हाेटल तथा पर्यटनको क्षेत्रमा ठूलाे याेगदान दिएको बताए ।

उनले ए वान क्याफे भेन्युले उद्यमशीलता, रोजगारी,पर्यटन प्रबर्द्धन र उत्पादनकाे क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए । सभामुख श्रेष्ठले भेन्युले शाखा विस्तारसँगै गुणस्तरीय सेवा दिनु पर्ने बताए ।

काठमाडौं उपत्यकामा तीन दशक लामाे समय देखि हाेटल ए वान क्याफे , बैंक्वेट सञ्चालन गर्दै आएको राेजगारी क्षेत्रमा राज्लाई सहयोग गरेकाे सभामुख श्रेष्ठको भनाइ छ।

त्यस्तै,राेयल ए वान समूहका सञ्चालक राकेश श्रेष्ठले ‘खाद्य स्वच्छता र सेवामा उत्कृष्टता’ दिने गरि काेटेश्वरमा पनि नयाँ हाेटल क्याफे भेन्यु सहित नयाँ शाखा खोलिएको बताए । श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकामा हाेटल ए वान क्याफे भेन्युका २० वटा शाखा होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा रहेका छन् ।

हाेटल ए वान क्याफे भेन्युले युवालाई उद्यमशीलतामा जाेड्ने,युवालाई स्वराेजगार बनाउने, रोजगारी सिर्जना गर्ने र नेपाली उत्पादन बस्तुको प्रोत्साहनलाई प्राथमिकता दिएको उनले बताए ।

सञ्चालक श्रेष्ठका अनुसार क्याफेले आर्थिक सामाजिक रूपान्तरण, स्वच्छ सफा गुणस्तरीय रमणीय वातावरण सहित सेवासहित पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउँदै आएको बताए । उनले राेयल ए वान ग्रुपले काठमाडौंमा मात्रै नभए ग्रामीण क्षमेत सेवा विस्तार गरिरहेकाे बताए ।

नयाँ खुलेको हाेटल ए वान क्याफे भेन्यु शाखामा १००० जनाले एकैसाथ सेवा लिन सक्नेछन् । यो भेन्युमा विवाह, व्रतबन्ध, पार्टी, सेमिनार ,गाेष्ठी,भेला तथा समारोह लगायतका लागि स्वच्छ सफा वातावरणमा सहितको सेवा उपलब्ध रहेको छ। ए वान हाेटलले विभिन्न शाखामार्फत प्रत्यक्ष रुपमा पाँच सय जनालाई रोजगारी प्रदान गरेको छ भने १३५ जनालाई उद्यमशील बनाएको छ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको