आईजीपी प्रकरण: सर्वोच्च अदालतले गर्यो यस्तो फैसला

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने फैसला सुनाएको छ। शुक्रबार सकिएको सुनुवाइपछि एआईजीपी विश्वराज पोखरेल र अवकाशमा गइसकेका तीन डीआईजीको पनि रिट खारेजको निर्णय लिएको हो।

पोखरेलसहित अवकाशमा गएका तीन डीआईजीको पनि रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रहरी महानिरीक्षकमा धीरज प्रताप सिंहको नियुक्तिमा उठाइएका सबै प्रश्नको पनि औचित्य सकिएको छ।

शुक्रबार रिट निवेदक पोखरेलको तर्फबाट अधिवक्ताहरूले जवाफी बहस गरेका थिए। सुनुवाइ सकिएपछि सर्वोच्चले यो मुद्दामा फैसला दिएको हो।

यो मुद्दामा गत जेठ ३० गते अन्तिम सुनुवाइ सुरु भएको थियो। निवेदकले दुई दिन र प्रतिवादीले दुई दिन बहस गरेपछि निवेदकका तर्फबाट जवाफी बहससँगै सुनुवाइ टुंगिएको थियो।

आफू साउन २० गते अनिवार्य अवकाशमा जाने भएकाले पनि त्यसअघि नै रिटको टुंगो लगाइदिन एआईजी विश्वराज पोखरेलले आग्रह गरेका थिए।

तर अढाई महिनाअघिको रिटमा टुंगो नलाग्दा उनी निराश थिए। सर्वोच्चको यो फैसलासँगै एसएसपीदेखि डीआईजीसम्म एक्लै फड्को मारेका पोखरेलको आईजीपी बन्ने सपना तुहिएको छ।

सरकारले धीरजप्रताप सिंहलाई आईजीपी बनाएपछि एआईजी पोखरेलले रिट निवेदन दायर गरेका थिए। सिंहभन्दा आफू १७ महिना पहिले एआईजी भएको दाबी गर्दै उनले आफू आईजीपी हुनुपर्ने माग गरेका थिए। तर उनको यो दाबीलाई सर्वोच्चले अस्वीकार गरिदिएको छ।

विश्वराजले अन्तरिम आदेशमार्फत नै आफूलाई आईजीपी तोकेर धीरजलाई काममा रोक लगाउन माग गरेका थिए। उनीसँगै अन्य तीन डीआईजीहरूले दायर गरेको रिट पनि खारेजीमा परेको छ।

तर न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निरन्तर सुनुवाइमा लैजाने आदेश गरेको थियो। त्यसपछि तीन डीआईजीले दायर गरेको रिट निवेदनमा पनि लगाउमा राख्ने आदेश भएको थियो। त्यसपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलासमा सुनुवाइ भएको थियो।

तीन डीआईजीको पनि खारेज
त्यसैगरी एआईजी बढुवाविरुद्ध मुद्दा दायर गरेका तीन डीआईजीको रिट पनि खारेजीमा परेको छ। सर्वोच्च अदालतबाट न्याय पाउने आशमा रिट हालेका उनीहरु यसअघि नै अवकाशमा गइसकेका छन्।

सर्वोच्च अदालतले उनीहरु पदमा बहाल रहुञ्जेल मुद्दाको सुनुवाइ नै नगरेपछि उनीहरुको माग अनुसार एआईजीमा बढुवा हुने सम्भावना सकिएको थियो। तर अवकाशमा गइसकेपछि शुक्रबार सर्वोच्चले एआईजी विश्वराज पोखरेलसँगै उनीहरूको पनि रिट खारेजीमा परेको छ।

डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले गत चैत १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। तर उनीहरुले रिट दायर गरेकै बिहान बसेको मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका तीन डीआईजी वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

सर्वोच्चमा रिट दायर भइनसक्दै त्यसै दिन उनीहरुले प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह लगाइसकेका थिए।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको