मौद्रिक नीति: यी ४ व्यवसाय गर्न पाइने भयो सस्तो ब्याजदरमा २ करोडसम्म ऋण

नेपाल राष्ट्र बैंकले उत्पादन मुलक र निर्यातजन्य क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा वितरण गर्ने व्यवस्था ल्याएको छ। आज मौद्रिक नीति सार्वजनिक गर्दै सो व्यवस्था गरिदिएको हो। उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याइने राष्ट्र बैंकले जनाएको छ।

मौद्रिक नीतिमा भनिएको छ, ‘हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि २ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिनेछ।’

त्यस्तै, राष्ट्र बैंकले ८ प्रतिशत आर्थिक वृद्धिदर र ७ प्रतिशत मुद्रास्फीतिलाई कायम राख्ने भएको छ। मौद्रिक नीतिले नेपाल सरकारको बजेट वक्तव्य २०७९÷८० ले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फीतिलाई ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको हो।

नेपाल जस्तो सानो र आयातमा आधारित खुला अर्थतन्त्र भएको मुलुकले सुविधाजनक स्तरमा विदेशी विनिमय सञ्चिति कायम गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति कायम राख्दै माग पक्षबाट मूल्यमा चाप पर्न नदिई लक्षित आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।

त्यस्तै, चालु आर्थिक वर्ष (आव) २०७९/०८० को मौद्रिक नीति सार्वजनिक भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि मर्जरमा जाने कम्पनीको सेयर रोक्का नहुने नीति ल्याएको छ । यसैगरी सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड कायम गरिएको छ ।

गभर्नर अधिकारीले कोभिड १९ को समयमा दिइएको सहुलियतलाई कटौती गरेको पनि बताए । उनले कृषि र कोभिड महामारीबाट अति प्रभावित क्षेत्रमा मात्र उपलब्ध गराउने गरी पुनर्कर्जा सुविधालाई पुनरवलोकन गरिने बताए ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ ।

यस्तो छ मौद्रिक नीति :

सिफारिस

काठमाडौँबाहेक सबै अदालतबाट रविका अरू मुद्दा फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग काठमाडौँबाहेकका सबै जिल्लामा फिर्ता लिइएको छ। सोमबार रुपन्देही जिल्ला अदालतले समेत अभियोग फिर्ता...

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनको शुक्रबार ललितपुरमा निधन भएको हो। दिवङ्गत थापाको अन्त्येष्टि आइतबार काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिएको जनाइएको...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध देश हो। यिनै सम्पदामध्ये डोल्पा जिल्लाको त्रिपुराकोटमा अवस्थित बाला त्रिपुरासुन्दरी मन्दिर विशेष धार्मिक तथा सांस्कृतिक...

भर्खरै

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध...

नयाँ बसपार्क ट्राफिकको सडक सुरक्षा सम्बन्धी एकमहिने सचेतना कार्यक्रम सुरु

काठमाडौं — ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको आयोजनामा सडक...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा नागार्जुनमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं — नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान–नेपाल एलुम्नी नेटवर्क...

१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं - बेलायतका प्रधानमन्त्री स्टार्मरले १६ वर्ष भन्दा कम...

अमेरिका-इरान शान्ति सम्झौतापछि ह्वातै घट्यो तेलको मूल्य

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति...

धेरै पढिएको