नेपाललाई चीनको ठूलो सहयोग, झस्किए अमेरिका भारत

काठमाडौं- चीनले यस वर्ष विभिन्न परियोजनामा निवेश गर्नका लागि नेपाललाई १५ अर्ब रूपैयाँ अनुदान सहायता दिने निर्णय गरेको छ।

विदेशमन्त्री नारायण खड्का तीन दिवसीय भ्रमणमा गएका बेला चीनले अनुदान सहायताको घोषणा गरेको हो। भ्रमणका क्रममा खड्काले आफ्नो समकक्षी वान्ग यीसँग भेटवार्ता गरेका थिए। त्यस क्रममा दुवै देशबीच द्विपक्षीय सम्बन्ध मजबुत गर्ने विषयमा व्यापक छलफल भएको थियो।

यसै वर्ष मार्चमा वान्ग नेपालको आधिकारिक भ्रमण गरेका थिए। विदेशमन्त्री खड्काको भ्रमणपछि दुवै देशले द्विपक्षीय सहयोगका मामिलामा भएको प्रगतिप्रति सन्तोष व्यवक्त गरेका छन्।

साथै वान्गले सन् २०२२ का लागि नेपालको तर्फबाट चयन भएका परियोजनामा १५ अर्ब रूपैयाँ अनुदान दिने घोषणा गरे।नेपालको अनुरोधमा ३० लाख आरएमबी मूल्य बराबरको आपतकालीन राहत सामग्री उपलब्ध गराउने घोषणा पनि उनले गरे।

यस घटनाक्रमपछि भारतको विदेश मन्त्रालयका प्रवक्ता सिधा टिप्पणी नगरी भने,‘नेपालसँग हाम्रो सम्बन्ध अद्वितीय छ।भारत–नेपाल सम्बन्ध विशेष रूपले हाम्रो आर्थिक, सम्पर्क र व्यक्ति–व्यक्ति सम्बन्ध ज्यादै खास छ।’

यस वर्ष दुवै मुलुकका नेतृत्वले एक–अर्का देशको भ्रमण गर्नु दुवै देशबीचको मजबुत सम्बन्धको राम्रो उदाहरण रहेको र यसलाई भारत थप मजबुत गर्न चारिरहेको विदेश मन्त्रालयको प्रवक्ताको भनाइ छ।

यसै वर्ष नेपालको संसदले ५ सय मिलियन डलरको अमेरिकी परियोजना एमसिसीलाई स्वीकार गर्ने निर्णय ग¥यो। संसदले गरेको यस निर्णयको विरोध भयो। कतिपयले अमेरिकी अनुदानले नेपालको सम्प्रभुतालाई कमजोर पार्ने आरोपसमेत लगाए।

सन् २०१७ मा अमेरिकी सरकारी सहायता एजेन्सी ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) ले बिजुली ट्रान्समिसन लाइन र सडक सुधार परियोजनाका लागि अनुदानमा सहायता प्रदान गर्ने विषयमा सहमति भएको थियो।

अनुदान सहायता फिर्ता गर्नु नपर्ने र विना शर्त नेपाललाई उपलब्ध गराइएको अमेरिकाले भनेको थियो। अमेरिकाको तर्फबाट प्राप्त हुने यस अनुदान सहायतको विषयमा नेपालका राजनीतिक दलहरू विभाजित थिए।

चीनले एमसिसी परियोजनाविरूद्ध नेपालमा दुष्प्रचार अभियानलाई सक्रियताका साथ अगाडि बढाएको अमेरिकाले आरोप छ। २८ फेबु्रअरीसम्म एमसिसी सम्झौता अनुमोदन नभए यसको असर द्विपक्षीय सम्बन्धमा पर्ने चेतावनी अमेरिकाले दिएको थियो।

नेपालमा अमेरिकाको बढ्दो प्रभावलाई रोक्नु चीनका लागि प्राथमिकता बनिसकेको अनुमान लगाइँदैछ। र, नेपाललाई अहिले दिइएको नयाँ अनुदान यसै दिशामा एक कदम रहेको बताइएको छ।

सिफारिस

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

धेरै पढिएको