अमेरिकासहित यी देशबाट १२ वटा बोका किन्दै सरकार

काठमाडौं – सरकारले १२ वटा बोर बाख्राको पाठा (बोका) खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ।राष्ट्रिय बाख्रा अनुसन्धान परिषद्ले सोमवार सिलबन्दी बोलपत्र आह्वान गर्दै १२ वटा बोका खरिद गर्ने प्रक्रिया अगाडि बढाएको हो।

सक्षम र इच्छुक आपूर्तिकर्ताले बोका सरकारलाई उपलब्ध गराउन सक्नेछन्। यसका लागि ३० दिनभित्र आवेदन दिन सकिन्छ। बोर जातको बोका अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिकामध्ये एक देशको हुनु पर्ने सर्तमै राखिएको छ। इच्छुकले तत्काल धरौटीबापत १ लाख ३० हजार जम्मा गर्नुपर्छ।

कति रुपैयाँसम्ममा बोका उपलब्ध गराउने हो त्यसको विस्तृत जानकारी गराएर आवेदन दिनु पर्ने हुन्छ। यो बोकाको मूल्य एउटैको पाँच लाख रुपैयाँसम्म पर्छ।

बोर बाख्रा मासुको लागि पालीने बाख्राको जात मध्ये एक अति उत्तम जात हो । यो जातको विकास दक्षिण अफ्रिकामा गरिएको भए पनि यसको उत्पादन दक्षिण अफ्रिका लगायत अस्ट्रेलिया, अमेरीका, ईन्डीया लगायत विश्वको अन्य विभिन्न देशहरुमा व्यापक रुपमा गरिएको पाईन्छ।अन्य जातको तुलनामा यस जातको पाठापाठीको जन्म तौल बढि हुनुको साथै छिटो छिटो बढ्नुको साथै वयस्क बाख्राको तौल पनि बढि हुन्छ ।

मासुमा बोसो र कोलेस्ट्रोलको मात्रा कम हुनेहुँदा मान्छेको स्वस्थ्यको लागि राम्रो मानिन्छ । यसैले यस जातको शुद्ध बोका तथा बाख्रा र जमेको विर्य ल्याएर बाख्रा अनुसन्धान केन्द्र, बन्दिपुरमा विगत ८ बर्ष देखि खरी बाख्रामा कृत्रिम तथा प्राकृतिक गर्भाधान गरियो ।

यसरी खरी बाख्राबाट जन्मेका ५०५ बोर क्रस पाठापाठिमा विभिन्न किसिमको अनुसन्धान गरि वाह्य अनुसन्धान स्थलमा समेत परिक्षण गरियो। उक्त अनुसन्धान र परिक्षणको आधारमा यस जातको ५०५ क्रसलाई नेपालको तराई तथा मध्य पहाडको १५०० मिटर उचाई सम्म सिफारिस गरिएको छ।

हाल सम्मको अनुसन्धानले बोर क्रस जातको बाख्रा धेरै चिसोमा त्यति नफस्टाउने देखिएकोले बढी जाडो र बढी पानी पर्ने समय छलेर व्याउने गरी व्यबस्थापन गर्न सके पाठापाठीको मृत्युदरलाई घटाउन सकिन्छ ।

चिसोको कारण पाठापाठीमा निमोनियाको समस्या देखिने हुँदा यसबाट जोगाउन पाठापाठी बस्ने कोठा माउबाख्राको आडैमा छुटै हुनु पर्छ भने उक्त कोठा भित्र पराल तथा सोत्तर बिछ्याई तापक्रमको व्यस्थापनको लागि होब्बर राख्नु पर्छ जसले गर्दा निमोनियाको कारण पाठापाठीको मृत्युदर सुन्यमा झार्न सकिन्छ ।

अन्य रोगहरु र बाह्रय तथा आन्तरिक परजिवीको हकमा भने अरु विदेशी जातको तुलनामा यसमा कमै प्रकोप देखिन्छ । सेपिलो ठाउ“मा चराउदा गोलो जुकाको प्रकोप हुने हुदा ओभानो ठाउमा चराउने वा बधुवा प्रणालीबाट पाल्ने गर्नुपर्छ । नियमित रुपमा जुत्तो परिक्षण गरि आवस्यकता अनुसार औषधि ख्वाउने र औषधि खुवाएको १४ दिनमा फेरी जुत्तो परिक्षण गरि आवस्यकपरे औषधि डब्ल्याउनु पर्छ, साथै प्रत्यक ३ बर्षमा औषधि परिवर्तन गर्नु पर्छ । पी.पी.आर. र खोरेत रोग विरुद्ध नियमित रुपमा खोप लगाए अन्य रोगको खासै समस्या देखिदैन ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको