बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

काठमाडौँ – भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । अब निगमले सोही मूल्य सूचीअनुसार आईओसीलाई खरिद हुने तेलको रकम भुक्तानी गर्नुपर्नेछ ।

बिहीबारबाट लागू हुनेगरी आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढेर आएको छ । नयाँ मूल्य अनुसार अब निगमलाई डिजेलबाट हुने नोक्सानी बढेर प्रतिलिटर १२ रुपैयाँ पुगेको छ । त्यस्तै पेट्रोलको नाफा घटेर प्रतिलिटर २ रुपैयाँमा सीमित भएको छ ।

आयल निगमका अनुसार मट्टितेल, हवाई इन्धनको मूल्य पनि सामान्य बढेर आएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ ।

बिहीबारको मूल्य अनुसार निगमको १५ दिनको समग्र नोक्सानी करिब ५० करोड पुग्नेछ । आईओसीले हरेक १५–१५ दिनमा आयल निगमलाई मूल्य सूची पठाउँछ । सो सूचीअनुसार निगमले यहाँ नयाँ मूल्य निर्धारण गर्न सक्दछ । पछिल्लो समय इन्धनको मूल्य सामान्य बढेर आए पनि नेपालमा भने यथावत रहने छ । यसअघि ३ पटकसम्म मूल्य घटेर आए पनि निगमले नेपालमा घटाएको थिएन ।

अन्तर्राष्ट्रिय बजारमा एक साताअघि कच्चा तेलको मूल्य बढे पनि पछिल्ला दुई दिनदेखि पुन: ओरालो लागेको छ ।

नेपालमा हाल  पेट्रोल प्रति लिटर १८१ रुपैया, डिजेल र मट्टीतेल प्रति लिटर १७२ रुपैयाँ, र खान पकाउने ग्यास प्रति सिलिन्डर १८०० रुपैयाँमा बिक्रि भईरहेको छ ।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको