बालेनले थाले अर्को अभियान : पहिलो चरणमा पत्राचार, बेवास्ता गरे सेवा रोक्नेदेखि तालाबन्दी

अवैधरूपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौं महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ । मेयरमा बालेन शाह निर्वाचित भएसँगै उनले काठमाडौंमा सुधारका गतिविधि बढाइरहेका छन् ।

विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम लिने तयारीमा कामपा लागिपरेको छ । २९ वर्षको अवधिमा घरजग्गा र सम्पत्ति कर नतिर्नेमा ठूला ठूला व्यवसायी र सार्वजनिक संस्थान बढी रहेको पनि कामपाले जानकारी गराएको छ ।

‘उक्त शीर्षकको करस्वरूप कामपाले रु ५० करोड बक्यौता असुल गर्नुपर्ने छ’, कामपाको राजस्व विभाग प्रमुख डा विश्वराज अधिकारीले भने, ‘रु ७० करोड रकम असुल गर्नुपर्ने थियो, गत वर्ष रु २० करोड असुल गरियो । अब रु ५० करोड बाँकी छ यो वर्ष कुनै पनि हालतमा उक्त रकम उठाएर छोड्ने कामपाको तयारी छ ।’

गत वर्ष पनि कामपाले बक्यौता रकम असुलको सम्बन्धमा सार्वजनिक सूचना जारीसँगै बाजागाजासहित सम्बन्धित संस्थालाई पटक–पटक जानकारी गराएको थियो । उक्त सूचनाको आधारमा केही संस्था सम्पर्कमा आएर कर तिरे पनि अझै धेरै संस्था सम्पर्क गर्नसम्म नआएकाले कामपा यस पटक थप कडाइका साथ रकम असुल गर्नेतर्फ लागेको हो ।

कामपाको सक्रियतापछि लामो समयदेखि असुल हुन नसकेको रकम उठ्न थालेको तथा केहीले विवरण बुझाएर रकम असुल गर्ने मिति तय गरेको कामपा राजस्व विभाग प्रमुख अधिकारीले जानकारी दिए ।

पहिलो चरणमा पत्राचार
यसका लागि कामपाले पहिलो चरणमा पत्राचार गर्ने तयारी गरेको छ । यो काम आगामी हप्ता गर्ने तयारीअनुरूप काम भइरहेको डा अधिकारीले बताए । पत्राचारका आधारमा सम्पर्कमा आएर पनि कर बुझाउन आनाकानी गरे दोस्रो पटक माइकिङ गरेर जानकारी दिने र त्यसको पनि बेवास्ता गरे महानगरबाट प्रवाह हुने सेवा रोक्ने र तालाबन्दी गर्ने तयारी कामपाको रहेको छ ।

फनपार्कले बुझायो मनोरञ्जन कर
भृकुटीमण्डपस्थित फनपार्कले रु १९ लाख ५७ हजार मनोरञ्जन र व्यवसाय करको रकम बुझाएको छ । पत्राचार गरेको छ घण्टा बित्न नपाउँदै करस्वरूप बुझाउनुपर्ने उक्त रकम बुझाइएको हो । मनोरञ्जन कर बुझाए पनि बहाल करबाट असुल हुनुपर्ने रकम भने असुल भएको छैन । समाज कल्याण परिषद्ले तिर्नुपर्ने उक्त रकमका लागि पनि कामपाले परिषद्लाई पत्राचार गरेको छ । उक्त शीर्षकको कर करिब रु ४० करोड रहेको कामपाको भनाइ छ ।

कर नतिर्नेमा बढी सार्वजनिक संस्थान
विगत २९ वर्षदेखिको करस्वरूपको बक्यौता नतिर्नेमा सबैभन्दा बढी सार्वजनिक संस्थान रहेका छन् । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरण कर तिर्नका लागि कामपासँग सम्पर्कमा आएको भए पनि अन्य धेरै सार्वजनिक संस्थान विवरण लिएर सम्पर्कमा समेत नआएका कामपाको भनाइ छ । यसरी कर नतिर्ने साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, कृषि सामग्री कम्पनी, नेपाल सेयर मार्केटलगायत छन् ।

त्यसैगरी ह्वाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, त्रिवेणी कम्प्लेक्स, डेन्टल अस्पताललगायतले हालसम्म आफ्नो विवरणसमेत विभागमा नबुझाएको कामपाको भनाइ छ । समयमा नै कर तिरेन भने प्रत्येक वर्ष १० प्रतिशतका दरले जरिवानास्वरूप रकम वृद्धि हुँदै जान्छ तर कामपाले अघिल्लो दुई वर्षमा भने कोरोनाका कारण करदातामा समस्या परेको भन्दै जरिवाना करमा छुट दिएको थियो ।

अझै पनि धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्, तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ५० करोड असुल गर्ने तयारीस्वरूप अहिले अभियानका रूपमा नै कर सङ्कलन लागिएको हो । कामपाले सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ । नआउनेलाई विभागले कडाइका साथ कानूनी कारबाही अगाडि बढाउने तयारी गरेको छ ।

डा अधिकारी भन्छन्, ‘सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकीसरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।’ कामपाले अनलाइन प्राणलीमार्फत राजस्व सङ्कलन गरिरहेको छ । हाल कामपामा अनलाइनमा एक सय ६० करदाता जोडिएका कामपाले जानकारी दिएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको