एसिया कप: भारतमाथि श्रीलंकाको रोमान्चक जित, फाइनल पुग्ने सम्भावना न्यून

एसिया कपको सुपर फोरअन्तर्गत मंगलबार राति भएको खेलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको छ।मंगलबारको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७३ रनको योगफल तयार पारेको थियो।

भारतलाई सम्मानजनक स्कोरमा पुर्‍याउने क्रममा कप्तान रोहित शर्माले ७२ रन बनाएका थिए भने सूर्यकुमार यादवले ३४ रनको पाली खेलेका थिए। श्रीलंकाका लागि दिल्शान मडुशान्काले ३ तथा चमिका करुणरत्ने र डासुन शनकाले समान २/२ विकेट लिए।

१७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले १ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। श्रीलंकाका ओपनरद्वय पाथुम निसान्का र कुशल मेन्डिसले अर्धशतकीय पाली खेले।

निसान्काले ५२ तथा मेन्डिस ५७ रन बनाएर आउट भए। त्यस्तै भानुका राजपाक्षले अविजित २५ र डासुन शनकाले ३३ रन बनाए।

यससँगै भारतको फाइनलमा पुग्ने सम्भावना पनि कमजोर बनेको छ। सुपर फोरमा लगातार दुई खेल हारेको भारतको फाइनल यात्रा अब अन्य टोलीको नतिजामा निर्भर रहनेछ।

भारतले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । बुधबार अफगानिस्तान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

पाकिस्तानले शुक्रबार श्रीलंकासँग अन्तिम खेल खेल्नेछ । भारत फाइनल पुग्न पाकिस्तानले बाँकी दुबै खेल हार्नुपर्ने हुन्छ। अन्यथा एक खेल जितेको खण्डमा पनि भारत बाहिरिनेछ ।

भारतले अफगानिस्तानमाथि फराकिलो जित हात पार्नुपर्छ । यदि पाकिस्तानले दुबै खेल हारे र भारतले अफगानिस्तानलाई हराए तीन टोलीको समान २(२ अंक हुनेछ । नेटरनरेटमा माथि रहँदै भारत फाइनल खेल्न सक्ने झिनो सम्भावना देखिन्छ ।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको