कच्चा तेलको मूल्य सात महिनायताकै सस्तो, घट्ला त नेपालमा पेट्रोलको मूल्य ?

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात महिनायताकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ। अहिले क्रुड आयलको मूल्य प्रतिब्यारल ९२ डलरमा कारोबार भइरहेको छ। विज्ञहरुले यो मूल्यमा अझै गिरावट आउन सक्ने बताएका छन्।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल सस्तिएपछि नेपालको मुख्य आयात बजार भारतमा पेट्रोल-डिजेलको मूल्यमा प्रतिलिटर भारु ३ रुपैयाँ घट्ने बताइएको छ।

यसअघि गत फेब्रुअरीमा कच्चा तेलको मूल्य ९० डलर प्रतिब्यारल थियो। जो जुनमा १२५ डलर प्रतिब्यारलसम्म पुग्यो।विज्ञहरुले कच्चा तेलको मूल्य घटेर प्रतिब्यारल ८५ डलरसम्म झर्न सक्ने बताएका छन्।

कच्चा तेलको मूल्य १ डलर प्रतिब्यारल महँगो हुँदा भारतमा पेट्रोल-डिजेलको मूल्य ५०-६० पैसा प्रतिलिटर बढ्छ। यस्तोमा यही दरले घट्दा भारतमा अबको केही समयपछि प्रतिलिटर ३ देखि ४ रुपैयाँ सस्तो हुने आँकलन छ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १२५ डलर प्रतिब्यारलसम्म पुगेको थियो। जुन सेप्टेम्बर भन्दाअघि हप्तामा ९२ डलर प्रतिब्यारल कारोबार भएको थियो।

यस अनुसार क्रुडको मूल्य २६ प्रतिशतले सस्तो भइसकेको छ। चीन र युरोपका कयौँ देशको अर्थव्यवस्था दबाबमा छ। यहीकारण क्रुडको माग अझै घट्न सक्नेछ।

यता नेपालमा भारतले तीन पटकसम्म घटेको दर पठाउँदा पनि मूल्य समायोजना नगरेको आयल निगमले पछिल्लो पटक केही बढेको पठाउनेबित्तिकै वृद्धि गरिसकेको छ।

निगमले अहिले पनि तेलको घाटा मासिक ६१ करोड रहेको भन्दै मूल्य घटाउन मानिरहेको छैन।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको