एसिया कप : अफगानिस्तानमाथि पाकिस्तानको रोमाञ्चक जित, बाहिरियो भारत

एसिया कपको सुपर फोरअन्तर्गत बुधबार भएको खेलमा पाकिस्तानले अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ।

बुधबारको खेलमा पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रन बनाएको थियो।

अफगानिस्तानका लागि इब्राहिम जर्दानले ३५ तथा हज्रातुल्लाह जाजाईले २१ रनको पाली खेलेका थिए। १३० रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ४ बल बाँकी छँदै ९ विकेटको क्षतिमा १३१ रन बनाएर लक्ष्य पूरा गर्‍यो।

पाकिस्तानका लागि इफ्तिखर अहमदले ३० तथा सहाब खानले ३६ रनको पाली खेलेका थिए। पाकिस्तानको लागि १० औं नम्बरमा ब्याटिङ गर्न आएका नसीम शाहले ४ बलमा १४ रनको उत्कृष्ट पाली खेल्दै पाकिस्तानलाई रोचक जित दिलाएका हुन्।

अन्तिम ओभरमा जितको लागि ११ रन चाहिएको अवस्थामा उनले लगातार दुई बलमा दुई छक्का प्रहार गरे।

यससँगै पाकिस्तान र श्रीलंका एसिया कपको फाइनलमा पुगेका छन् भने भारत र अफगानिस्तान बाहिरिएका छन्।

फाइनलअघि बुधबार भारत र अफगानिस्तान बीच प्रतिस्पर्धा हुनेछ भने बिहीबार सुपर फोरअन्तर्गतकै खेलमा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको