अस्ट्रेलिया कप्तान आरोन फिन्चद्वारा सन्यासको घोषणा

अस्ट्रेलिया कप्तान आरोन फिन्चले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। न्युजिल्यान्डविरुद्ध उनले अन्तिम तथा १४६ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछन्।

यद्यपि अर्को महिना घरेलु मैदानमा हुने टी–२० विश्वकपमा भने उनले अष्ट्रेलियाको कप्तानी जारी राख्नेछन्। ‘अहिलेसम्मको यात्रा गजबको रह्यो। उत्कृष्ट एकदिवसीय टोलीको हिस्सा बन्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु। मैले क्रिकेट खेलेका सबैसँग आशिर्वाद र साथ पाएको छु’, उनले भनेका छन्।

उनले अब अष्ट्रेलियालाई विश्वकप जिताउन नयाँ कप्तानको आवश्यक रहेको औल्याएका छन्। ‘अब अष्ट्रेलियालाई विश्वकप जिताउन नयाँ कप्तानलाई अवसर आएको छ। मलाई यो स्थितिसम्म पुग्न सहयोग गर्ने सबैजनालाई धन्यवाद दिन चाहन्छु।’

गत वर्ष आरोन फिन्चको कप्तानीमा अस्ट्रेलियाले टी–२० विश्वकपको उपाधि जितेको थियो।पछिल्लो समय खराब लयमा रहेका फिन्चले एकदिवसीय क्रिकेटमा ठूलो इनिङ खेल्न सकिरहेका छैनन्। उनले पछिल्लो सात इनिङ्समा मात्र २६ रन बनाएका छन्।

फिन्चले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपलाई आफ्नो लक्ष्यका रूपमा लिएका थिए तर खराब फर्ममा रहेका उनले अचानक सन्यासको घोषणा गरे।

आरोन फिन्चले अष्ट्रेलियाका लागि अधिकांश मुख्य प्रतियोगिताहरू एकल प्रयासमा जितेका छन्। सन् २०१३ मा श्रीलंकाविरूद्ध एकदिवसीयमा डेब्यू गरेका उनले अष्ट्रेलियाका लागि १४५ खेलमा १७ सतक र ३० अर्धसतकसहित ५४०१ रन बनाएका छन्।

उनी एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाका लागि चौथो सर्वाधिक शतक प्रहार गर्ने खेलाडीसमेत हुन्। उनीभन्दा अगाडि २९ सतक प्रहार गरेका रिकी पोन्टिङ छन्। यस्तै डेभिड वार्नर र मार्क वाले समान १७–१७ शतक बनाएका छन्।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको