नेपाल टी–ट्वान्टी लिगमा ७ जना खेलाडी मात्र १५ लाखमा बिकेका छन् । सहभागिता जनाउने ६ टोलीले मार्की खेलाडी अनुबन्ध गर्दा एक खेलाडी सरद भेषवाकर १५ लाखमा बिकेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार गरेको ए ग्रेडमा परेका खेलाडीहरु मध्य जम्मा सात जना बिकेका हुन् ।

पोखरा एभेन्जरर्सको मार्की खेलाडीमा मोहरम्मद आरिफ शेख छन्। पोखराले ए ग्रेडकै अर्का खेलाडी शरद भेषावकरलाई को छ।

लुम्बिनी अल स्टार्सले दीपेन्द्र सिंह ऐरी, काठमाडाँै कान्तिपुरले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मार्की खेलाडी घोषणा गरेका छन्।

यस्तै फार वेस्ट युनाइटेडले तीव्र गतिका बलर तथा अलराउन्डर करण केसीलाई मार्की खेलाडी बनाएको छ। राष्ट्रिय टोलीका उपकप्तान तथा ब्याटर रोहित पौडेल विराटनगर सुपर किंग्सको मार्की खेलाडी बन्दा जनकपुर रोयल्स्ले तीव्र गतिका बलर सोमपाल कामीलाई मार्की खेलाडी बनाएको छ।

क्यानले अब आइतबार बाँकी ९२ जना खेलाडीको ड्राफ्ट सार्वजनिक गर्नेछ । जसमा बी ग्रेडका खेलाडीहरूले १० लाख र सी ग्रेडका खेलाडीहरूले ५ लाख रुपैया पाउनेछन् ।

अब बाँकी खेलाडी बी श्रेणीमा झर्नेछन् । खेलाडी ड्राफ्टबाट शनिबार ६ टोलीले पहिलो चरणमा मार्की खेलाडी अनुबन्ध गरेका थिए । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका लागि काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाल टी–ट्वान्टी लिग आगामी असोज ८ देखि कार्तिक ५ सम्म आयोजना हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here