कोरोनाको त्रासले निम्त्याउन सक्ने मानसिक समस्याबाट कसरी टाढा रहने ?

काठमाडौं – पछिल्लो समय धेरै मानिसहरु  कोरोना भाइरसको बारेमा सत्य तथ्य जानकारी नलिकन डराउने प्रवृति बढेको देख्न सकिन्छ । हाल लकडाउन गरिएको अवस्था छ । तर कोरोना र anxiety disorder को बारेमा सहि र आवश्यक ज्ञान लिने हो भने तपाई हामी त्रशित होइन सचेत पक्का हुने छौ। प्रस्तुत छ  ह्याम्स हस्पिटल र रिदम न्युरो साइकियाट्रिक हस्पिटलमा कार्यरत मनोविद्  डा.प्रभाकर पोखरेलसंग हाम्रा सहकर्मी रीता श्रेष्ठले  अन्नपूर्ण टाइम्सका लागि  Anxiety Disorder का बारेमा गरिएको कुराकानी।

वर्तमान अवस्थामा कोरोना भाइरसको त्रासले सबैको मस्तिष्कमा डेरा जमाएको छ यो अवस्थामा मानिसहरुमा कस्तो कस्तो मानसिक समस्या आउन सक्छन ?

पहिलो कुरा कोरोना भाइरस नयाँ भाइरस हो र यसले विश्वलाइ नै आतंकित बनाएको अवस्था छ । सबै जनामा त्रास बढ्दो छ । भ्रम र तथ्यका कारण डरको तह अझै बढेको छ । तर्सिने आत्तिने र हरेक कुरामा शंका गर्ने खालको मानसिक समस्या निम्त्याउने गर्छ यी कुराहरुलाई सन्तुलन गर्न सकिएन भने कोरोनाले गर्न सक्ने क्षति त छ नै मानसिक रोग समेत निम्त्याउछ ।

यिनै कारणले Anxiety हुन्छ ?

Anxiety  आफैमा नराम्रो होइन । Anxiety हुनु राम्रो हो । प्रक्रितिले हामीलाई  सबै चिज दिएको छ जस्तो माया, डर, घृणा, आदि स्वभावहरु । जुन हाम्रो जीवनमा अति नै आवश्यक हुने गर्दछ ।  Anxiety कै कारण मानिसहरु त्रसित भएर अहिले घरमै सुरक्षाका उपायहरु अपनाएर बसेका छन् । Anxiety हुदैन थियो भने सोच्नु होस के हुन्थ्यो ? तर Anxiety आवश्यक भन्दा बढी हुन थाल्यो भने त्यो चाँहि Anxiety Disorder हो ।जुन अहिलेको अवस्थामा धेरैलाइ भएको छ र स्वाभाविक पनि छ  र यसको व्यवस्थापन चाँहि गर्न सकिन्छ । यसको व्यवस्थापन गर्न सकिएन भने Panic Disorder , OCD आदि हुन सक्छ।

 Anxiety रोग होइन भन्नु हुन्छ ?

Anxiety मानिसको आवश्यक स्वभाव भित्र पर्छ तर Anxiety ले तपाइको दैनिक जीवनमा नै असर गरेको छ भनेर तपाइलाई कुकुर देख्दा पनि बाघ देखे जत्तिकै डर लाग्छ भने त्यो Anxiety Disorder हो । र  Anxiety Disorder चाँहि रोग हो ।

 Anxiety Disorder लाई के कसरी विभाजन गरिएको छ ?

समग्रमा ६ प्रकारमा Anxiety Disorder लाई  विभाजन गरिएको छ।

१.  GAD ( Generalized Anxiety Disorder) : यसमा मानिस केहि अवधिका लागि त्रशित र आतंकित हुने गर्दछ।

२. OCD ( Obsessive Compulsive Disorder ) : यसमा मानिस शंका गर्ने र बारबार एउटै काम कुरा गर्ने गर्छन ।

३. Social Anxiety :यसमा मानिस समाजमा के भन्ने हो, कस्तो मुल्यांकन हुने हो भन्ने डरबाट त्रसित हुन्छन।

४. Specific Phobias :यसमा मानिसहरु कुनै एउटा चिजबाट डराउने गर्छन । जस्तो : पानी ।

५. Panic Disorder :यसमा मानिसहरु आवश्यक भन्दा बढी आतंकित हुने, निरास हुनेग र्छन।

६. Post – Traumatic Stress Disorder :यसमा मानिसहरु विगतमा भएको घटना सम्झेर डराउने गर्दछन।

कसरी यस्तो Anxiety Disorder बाट टाढा रहन सकिन्छ ?

अहिले यो परिस्थितिमा विशेष गरि सकारात्मक हुने प्रयास गर्ने, धेरै संख्यामा जम्मा भएर अनावश्यक कुरा नगर्ने, सत्य तथ्य बुझेर मात्र ज्ञान लिने, धैर्यता अपनाउने, केहि सृजनात्मक कार्यमा लाग्ने,सकेसम्म फुर्सदमा नरहने आदि गर्नाले चाहिँ यो Anxiety Disorder बाट टाढा रहन सकिन्छ ।

मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपुर्ण छ जति अहिले हामी कोरोना भाइरसको विषयलाई महत्व दिइरहेका छौ ।यो विषयलाई अहिलेको अवस्थामा कसरी हेर्नु भएको छ ?

यस्तो अवस्थामा सबैभन्दा बढी असर नै मानसिक स्वास्थ्यमा पर्ने गर्छ भाइरस संक्रमितको मानसिक अवस्था त अस्वस्थ भयो नै संक्रमित नहुनेहरुको समेत अघि माथि हामी भने जस्तो मानसिक समस्याहरु आउन सक्छ ।त्यसैले मानसिक स्वास्थ्यलाई हामी महत्व दिनु पर्छ । अहिलेको यो अवस्थामा आत्मबल र सकारात्मक सोचको खाँचो छ जसले मानिसक रूपमा नै बलियो बनाउँछ । त्यसैले सबै जना मानसिक रूपमा पनि स्वस्थ हुन जरुरी छ ।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको