कोरोनाको त्रासले निम्त्याउन सक्ने मानसिक समस्याबाट कसरी टाढा रहने ?

काठमाडौं – पछिल्लो समय धेरै मानिसहरु  कोरोना भाइरसको बारेमा सत्य तथ्य जानकारी नलिकन डराउने प्रवृति बढेको देख्न सकिन्छ । हाल लकडाउन गरिएको अवस्था छ । तर कोरोना र anxiety disorder को बारेमा सहि र आवश्यक ज्ञान लिने हो भने तपाई हामी त्रशित होइन सचेत पक्का हुने छौ। प्रस्तुत छ  ह्याम्स हस्पिटल र रिदम न्युरो साइकियाट्रिक हस्पिटलमा कार्यरत मनोविद्  डा.प्रभाकर पोखरेलसंग हाम्रा सहकर्मी रीता श्रेष्ठले  अन्नपूर्ण टाइम्सका लागि  Anxiety Disorder का बारेमा गरिएको कुराकानी।

वर्तमान अवस्थामा कोरोना भाइरसको त्रासले सबैको मस्तिष्कमा डेरा जमाएको छ यो अवस्थामा मानिसहरुमा कस्तो कस्तो मानसिक समस्या आउन सक्छन ?

पहिलो कुरा कोरोना भाइरस नयाँ भाइरस हो र यसले विश्वलाइ नै आतंकित बनाएको अवस्था छ । सबै जनामा त्रास बढ्दो छ । भ्रम र तथ्यका कारण डरको तह अझै बढेको छ । तर्सिने आत्तिने र हरेक कुरामा शंका गर्ने खालको मानसिक समस्या निम्त्याउने गर्छ यी कुराहरुलाई सन्तुलन गर्न सकिएन भने कोरोनाले गर्न सक्ने क्षति त छ नै मानसिक रोग समेत निम्त्याउछ ।

यिनै कारणले Anxiety हुन्छ ?

Anxiety  आफैमा नराम्रो होइन । Anxiety हुनु राम्रो हो । प्रक्रितिले हामीलाई  सबै चिज दिएको छ जस्तो माया, डर, घृणा, आदि स्वभावहरु । जुन हाम्रो जीवनमा अति नै आवश्यक हुने गर्दछ ।  Anxiety कै कारण मानिसहरु त्रसित भएर अहिले घरमै सुरक्षाका उपायहरु अपनाएर बसेका छन् । Anxiety हुदैन थियो भने सोच्नु होस के हुन्थ्यो ? तर Anxiety आवश्यक भन्दा बढी हुन थाल्यो भने त्यो चाँहि Anxiety Disorder हो ।जुन अहिलेको अवस्थामा धेरैलाइ भएको छ र स्वाभाविक पनि छ  र यसको व्यवस्थापन चाँहि गर्न सकिन्छ । यसको व्यवस्थापन गर्न सकिएन भने Panic Disorder , OCD आदि हुन सक्छ।

 Anxiety रोग होइन भन्नु हुन्छ ?

Anxiety मानिसको आवश्यक स्वभाव भित्र पर्छ तर Anxiety ले तपाइको दैनिक जीवनमा नै असर गरेको छ भनेर तपाइलाई कुकुर देख्दा पनि बाघ देखे जत्तिकै डर लाग्छ भने त्यो Anxiety Disorder हो । र  Anxiety Disorder चाँहि रोग हो ।

 Anxiety Disorder लाई के कसरी विभाजन गरिएको छ ?

समग्रमा ६ प्रकारमा Anxiety Disorder लाई  विभाजन गरिएको छ।

१.  GAD ( Generalized Anxiety Disorder) : यसमा मानिस केहि अवधिका लागि त्रशित र आतंकित हुने गर्दछ।

२. OCD ( Obsessive Compulsive Disorder ) : यसमा मानिस शंका गर्ने र बारबार एउटै काम कुरा गर्ने गर्छन ।

३. Social Anxiety :यसमा मानिस समाजमा के भन्ने हो, कस्तो मुल्यांकन हुने हो भन्ने डरबाट त्रसित हुन्छन।

४. Specific Phobias :यसमा मानिसहरु कुनै एउटा चिजबाट डराउने गर्छन । जस्तो : पानी ।

५. Panic Disorder :यसमा मानिसहरु आवश्यक भन्दा बढी आतंकित हुने, निरास हुनेग र्छन।

६. Post – Traumatic Stress Disorder :यसमा मानिसहरु विगतमा भएको घटना सम्झेर डराउने गर्दछन।

कसरी यस्तो Anxiety Disorder बाट टाढा रहन सकिन्छ ?

अहिले यो परिस्थितिमा विशेष गरि सकारात्मक हुने प्रयास गर्ने, धेरै संख्यामा जम्मा भएर अनावश्यक कुरा नगर्ने, सत्य तथ्य बुझेर मात्र ज्ञान लिने, धैर्यता अपनाउने, केहि सृजनात्मक कार्यमा लाग्ने,सकेसम्म फुर्सदमा नरहने आदि गर्नाले चाहिँ यो Anxiety Disorder बाट टाढा रहन सकिन्छ ।

मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपुर्ण छ जति अहिले हामी कोरोना भाइरसको विषयलाई महत्व दिइरहेका छौ ।यो विषयलाई अहिलेको अवस्थामा कसरी हेर्नु भएको छ ?

यस्तो अवस्थामा सबैभन्दा बढी असर नै मानसिक स्वास्थ्यमा पर्ने गर्छ भाइरस संक्रमितको मानसिक अवस्था त अस्वस्थ भयो नै संक्रमित नहुनेहरुको समेत अघि माथि हामी भने जस्तो मानसिक समस्याहरु आउन सक्छ ।त्यसैले मानसिक स्वास्थ्यलाई हामी महत्व दिनु पर्छ । अहिलेको यो अवस्थामा आत्मबल र सकारात्मक सोचको खाँचो छ जसले मानिसक रूपमा नै बलियो बनाउँछ । त्यसैले सबै जना मानसिक रूपमा पनि स्वस्थ हुन जरुरी छ ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको