वाह, यस्ता पो डाक्टर ! गाडी जाममा फसेपछि ३ किमी दौडिँदै अस्पताल पुगे, बिरामीलाई बचाए

काठमाडौं – कर्नाटकको राजधानी बेंगलुरुका एक डाक्टरले आफ्नो बिरामीको शल्यक्रिया गर्न समयमै अस्पताल पुग्नको लागि अपनाएको बाटो करोडौं मानिसहरूका लागि प्रेरणा बनेको छ। उनले आफ्नो कामको बाटोमा दैनिक हुने ट्राफिक जामलाई आउन दिएनन्।

सर्जापुर, बैंगलोरको मणिपुर अस्पतालका ग्यास्ट्रोएन्टेरोलोजी सर्जन डा. गोविन्द नन्दकुमार ३० अगस्टको बिहान सामान्य रूपमा अस्पतालको लागि आफ्नो घरबाट निस्किए। उनले त्यस दिन बिहान १० बजे एक महिलाको आकस्मिक ल्याप्रोस्कोपिक पित्त थैलीको शल्यक्रिया गर्नु पर्ने थियो । तर, सर्जापुर–मराथाली सडकमा भारी ट्राफिक जाममा फसेका थिए ।

ट्राफिक ढिलाइका कारण समयमै शल्यक्रिया नगर्दा बिरामी जोखिममा पर्न सक्छन् भन्ने बुझ्दै डा. नन्दकुमारले बिना कुनै हिचकिचाहट आफ्नो कार सडकमा छोडे र पैदल अस्पतालतिर दौडन थाले। समयमै महिलाको शल्यक्रिया गराउन तीन किलोमिटर दौडिएर अस्पताल पुगे र समयमै शल्यक्रिया गरेर महिलाको ज्यान बचाए ।

यस सम्पूर्ण मामिलामा डा. गोविन्द भन्छन्, ‘म सेन्ट्रल बैंगलोरदेखि सर्जापुर (मणिपुर अस्पताल) गाडीमा दैनिक यात्रा गर्छु। शल्यक्रियाका लागि समयमै घरबाट निस्किएँ । अस्पतालमा मेरो टोलीले पनि शल्यक्रियाको पूर्ण तयारी गरेको थियो । तर म यो डरलाग्दो ट्राफिक जाममा फसें। मैले ढिलो नगरी गाडी त्यतै छाडेर केही नसोची पैदलै अस्पताल तर्फ दौडिन थालें ।’

उनले भने, ‘यो दुरी पार गर्न सामान्यतया १० मिनेट लाग्छ, तर ट्राफिक यति उग्र थियो कि मैले गुगल म्याप हेरेँ । गुगल नक्साले यो दूरी पार गर्न ४५ मिनेट लाग्न सक्ने देखायो । त्यसैले मैले कार छोडेर पैदल अस्पताल जाने निर्णय गरें। मसँग ड्राइभर थियो, त्यसैले म ड्राइभरलाई कारमा छोडेर ढुक्क भएर अस्पतालतिर दौडिन थालेँ।’

उनले भने, ‘म दिनहुँ जिम जाने भएकाले मलाई सजिलो भएको छ । अस्पताल पुग्न तीन किलोमिटर दौडिएर समयमै शल्यक्रिया गरेँ ।’

तर, उनले यस्तो अवस्था भोगेको यो पहिलो घटना भने होइन । उनी भन्छन्, ‘म यसअघि पनि बैंगलोरका अन्य क्षेत्रमा गएको छु । अस्पतालमा हाम्रा बिरामीको हेरचाह गर्न पर्याप्त कर्मचारी र पूर्वाधार भएकाले मलाई कुनै चिन्ता थिएन। तर यो अवस्था साना अस्पतालमा हुन सक्दैन।’

डा. गोविन्द नन्दकुमार मणिपुर अस्पताल सर्जापुरमा एक कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलॉजी सर्जन हुन् । लामो समयदेखि पित्त थैलीको रोगसँग लड्दै आएकी महिलालाई तत्काल शल्यक्रिया आवश्यक थियो ।

सिफारिस

प्रहरी महानिरीक्षकबाट प्रहरीको महिला भलिबल टोलीलाई विदाइ

काठमाडौं- माल्दिभ्समा भदौ ३० देखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला टोलीलाई नेपाल प्रहरीले शुभकामना...

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको ‘सरर बग्यो हावा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  विश्व कीर्तिमानी गीतको म्युजिक भिडियो...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगरलाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश...

सम्पादक समाज पदयात्रा गर्दै शिवपुरीको लौके झरना पुग्दा … (तस्वीरहरू)

शिवपुरी - सम्पादक समाज नेपालले ‘जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणका...

भक्तपुरमा तिजको रौनक (तस्वीरहरू)

काठमाडौं- आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी...

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा – जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको...

आज हरितालिका तीज : यस्तो छ धार्मिक विश्वास

आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा...

धेरै पढिएको