सरकारले फेर्यो प्रहरीका चुनावी कमान्डर, डीआईजी कुँवरले पाए जिम्मेवारी

सरकारले गृहसचिव टेकनारायण पाण्डेसँगै नेपाल प्रहरीका एआईजी सहकुल थापाको पनि सरुवा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका निर्वाचन सेल संयोजक अर्थात चुनावी कमान्डरका रुपमा रहेका थापालाई सरुवा गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको हो।

मंसिर ४ को चुनाव नजिकिएसँगै रातारात सरूवा बढुवालाई तीव्र पारेको सरकारले प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागका प्रमुख प्रहरी थापालाई गरिएको सरुवा अर्थपूर्ण मानिएको छ।

मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसअघि नै उनी नेतृत्वको केन्द्रीय निर्वाचन सेल गठन गरिएको थियो।

तर सेलले काम थालिनसक्दै प्रमुख थापाको सरुवा भएको हो। थापाको सरुवासँगै कार्यविभागमै कार्यरत डीआईजी वसन्त कुँवरले चुनावी कमाण्ड सम्हाल्ने भएका छन्।

यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी मुकुन्दराज आचार्यले भदौ २३ देखि अवकाश पाएपछि निर्देशक पद रिक्त थियो।

उनलाई शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नै पहिलो नम्बरमा राख्दै डीआईजीमा बढुवा गरेको थियो।

प्रधानमन्त्री देउवाले समेत विशेष चासो लिएर गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा गृहसचिव र नेपाल प्रहरीका निर्वाचन सेल प्रमुख फेरिएको हो।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको