इङ्ल्याण्डमाथि पाकिस्तानले राख्यो विश्व कीर्तिमान

कप्तान बाबर आजम र मोहम्मद रिजवानको सानदार ब्याटिङमा पाकिस्तानले पाहुना टोली इङ्ल्याण्डमाथि १० विकेटको कीर्तिमानी जित निकालेको छ।

जितको लागि २ सय रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३ बल बाँकी छँदै कुनै विकेट नगुमाई पूरा गर्‍यो। पाकिस्तानको जितमा कप्तान बाबर आजम ६६ बलमा ११ चौका र ५ छक्कासहित १ सय १० रनमा अविजित रहे।

बाबरको यो टी २० अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक हो। दुई वर्षअघि बाबरले दक्षिण अफ्रिकाविरुद्ध टी २० आईमा १ सय २२ रनको शतकीय इनिङ खेलेका थिए।

यस्तै अर्का ओपनर मोहम्मद रिजवानले ५१ बल खेल्दै ५ चौका र ४ छक्कासहित ८८ रनमा अविजित रहे। पाकिस्तानको यो टी २० अन्तर्राष्ट्रियमा दोसो १० विकेटको जित हो। यसअघि टी-२० विश्वकपमा गत वर्ष भारतमाथि १० विकेटको जित निकालेको थियो।

यस्तै यो टी २० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै कुनै पनि विकेट नगुमाई पूरा गरेको सर्वाधिक ठूलो लक्ष्य हो। यसअघि १० विकेटको जित निकाल्ने क्रममा सर्वाधिक ठूलो लक्ष्य बनाउँदै न्युजिल्यान्डले २०१६ मा पाकिस्तानविरुद्धनै १ सय ६९ रनको लक्ष्य पूरा गरेको थियो।

नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो। उसका लागि इंग्ल्यान्डका कार्यवाहक कप्तान मोईन अलीले अर्धसतकीय पारी खेले। २३ बल खेलेका उनले ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रनमा अविजित रहे।

यस्तै बेन डकेटले २२ बलमा ७ चौकासहित ४३ रन जोड्दा ह्यारी ब्रोकले ३१ रन बनाए। ओपनर एलेक्स हेल्स र फिलिप साल्टले पहिलो विकेटका लागि ५.१ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरूवात दिलाएका थिए।

एलेक्स हेल्सले २६ रन जोड्दा डेविड मलान गोल्डेन डक बोल्ड भएका थिए। साल्टले २७ बल खेल्दै १ चौका र १ छक्कासहित ३० रन बनाए। यस्तै साम करन १० रनमा अविजित रहे।

पाकिस्तानका शाहनवाज दाहनी र हरिस रौफले २-२ विकेट लिए। मोहम्मद नवाजले १ विकेट हात पारे।

यो जितसँगै ७ खेलको टी २० अन्तर्राष्ट्रिय सिरिजलाई पाकिस्तानले १-१ को बराबरीमा ल्याएको छ। पहिलो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो। लिग अन्तर्गत तेस्रो खेल शुक्रबार हुनेछ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको