इङ्ल्याण्डमाथि पाकिस्तानले राख्यो विश्व कीर्तिमान

कप्तान बाबर आजम र मोहम्मद रिजवानको सानदार ब्याटिङमा पाकिस्तानले पाहुना टोली इङ्ल्याण्डमाथि १० विकेटको कीर्तिमानी जित निकालेको छ।

जितको लागि २ सय रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३ बल बाँकी छँदै कुनै विकेट नगुमाई पूरा गर्‍यो। पाकिस्तानको जितमा कप्तान बाबर आजम ६६ बलमा ११ चौका र ५ छक्कासहित १ सय १० रनमा अविजित रहे।

बाबरको यो टी २० अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक हो। दुई वर्षअघि बाबरले दक्षिण अफ्रिकाविरुद्ध टी २० आईमा १ सय २२ रनको शतकीय इनिङ खेलेका थिए।

यस्तै अर्का ओपनर मोहम्मद रिजवानले ५१ बल खेल्दै ५ चौका र ४ छक्कासहित ८८ रनमा अविजित रहे। पाकिस्तानको यो टी २० अन्तर्राष्ट्रियमा दोसो १० विकेटको जित हो। यसअघि टी-२० विश्वकपमा गत वर्ष भारतमाथि १० विकेटको जित निकालेको थियो।

यस्तै यो टी २० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै कुनै पनि विकेट नगुमाई पूरा गरेको सर्वाधिक ठूलो लक्ष्य हो। यसअघि १० विकेटको जित निकाल्ने क्रममा सर्वाधिक ठूलो लक्ष्य बनाउँदै न्युजिल्यान्डले २०१६ मा पाकिस्तानविरुद्धनै १ सय ६९ रनको लक्ष्य पूरा गरेको थियो।

नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो। उसका लागि इंग्ल्यान्डका कार्यवाहक कप्तान मोईन अलीले अर्धसतकीय पारी खेले। २३ बल खेलेका उनले ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रनमा अविजित रहे।

यस्तै बेन डकेटले २२ बलमा ७ चौकासहित ४३ रन जोड्दा ह्यारी ब्रोकले ३१ रन बनाए। ओपनर एलेक्स हेल्स र फिलिप साल्टले पहिलो विकेटका लागि ५.१ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरूवात दिलाएका थिए।

एलेक्स हेल्सले २६ रन जोड्दा डेविड मलान गोल्डेन डक बोल्ड भएका थिए। साल्टले २७ बल खेल्दै १ चौका र १ छक्कासहित ३० रन बनाए। यस्तै साम करन १० रनमा अविजित रहे।

पाकिस्तानका शाहनवाज दाहनी र हरिस रौफले २-२ विकेट लिए। मोहम्मद नवाजले १ विकेट हात पारे।

यो जितसँगै ७ खेलको टी २० अन्तर्राष्ट्रिय सिरिजलाई पाकिस्तानले १-१ को बराबरीमा ल्याएको छ। पहिलो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो। लिग अन्तर्गत तेस्रो खेल शुक्रबार हुनेछ।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको