वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरुलाई सरकारले दियो ४८ क्षतिपूर्ति

सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरुलाई चालू आर्थिक वर्षमा ४८ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ।

मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी दिएका हुन्।

उनले वैदेशिक रोजगारीका क्रममा ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा उल्लेख भएको अनुसारको काममा नलगाउनेजस्ता कार्य गराएको भनी वैदेशिक रोजगार विभागमा आएको निवेदनका आधारमा चालु आर्थिक वर्षमा पीडकबाट क्षतिपूर्ति भराएको ४८ करोड ४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई उपलब्ध गराइएको बताए।

उनले वैदेशिक रोजगारीको क्रममा भएका ठगीको उजुरी प्रमुख जिल्ला अधिकारीले हेर्न पाउने र उजुरीउपर कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाइएको पनि बताए।

मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउने सम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर भइ काम अगाडी बढेको पनि उल्लेख गरे। त्यस्तै रोमानियाको भिसा प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगार कार्यालय ताहाचलमा अस्थायी रुपमा रोमानिया मिशन स्थापना गरिएको उनले जानकारी दिए।

इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८ समसामयिक बनाउने कार्यदल गठन भइ कार्य भइरहेको पनि उनले बताए। सातवटै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरुबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम भइरहेको जनाइएको छ ।

मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, रोजगार प्रवद्र्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुनः एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट हुनेगरी कार्यान्वयन गरिएको उल्लेख गरे।

उनले श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थलको पहिचान गर्ने सम्बन्धी प्रतिवेदन तयार भई जग्गाप्राप्तिको प्रक्रिया अगाडी बढेको बताए। श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले व्यवसायिक सिप तथा तालिम प्रदान गर्ने कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

त्यसैगरी कम्तिमा २ वर्ष सामाजिक सुरक्षामा योगदान गर्ने योगदानकर्ताहरुलाई कोरोनरी आर्टरी बाइपास वा ओपनहार्ट सर्जरी, मस्तिष्काघात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाईनलाईन्जुरी, हेडईन्जुरी, सिकलसेल, एनिमिया, हेमोफेलिया र थालासेमिया लगायतका १० प्रकारका घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च प्रदान गर्ने व्यवस्था गरिएको बताइएको छ ।

श्रम मन्त्री कुँवरका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकका स्नातक तहको प्रथम वर्षमा भर्ना भई अध्ययन गरिरहेका सन्ततिहरुलाई प्रत्येक प्रदेशबाट १२ जनाका दरले ८४ जनाले स्वदेशी शैक्षि संस्थामा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने भएको छ । यसका लागि योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरिएको उनको भनाइ छ।

सिफारिस

को हुन् एमालेबाट राष्ट्रियसभा सदस्यमा मनोनीत शाक्य ?

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा.अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन्। नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा...

विद्यार्थी भर्ना गर्दा एक महिनाको भन्दा बढी र अर्को कक्षामा भर्ना गर्दा शुल्क लिए कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने भएका छन् । महानगरले बिहीबार एक...

नेपाली सेनाले माग्यो ठूलो संख्यामा दरखास्त (सूचनासहित)

काठमाडौं -नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त स्थान पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आज बिहानै सेनाले एक सूचना प्रकाशित गर्दै ती पद...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

विद्यार्थी भर्ना गर्दा एक महिनाको भन्दा बढी र अर्को कक्षामा भर्ना गर्दा शुल्क लिए कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क...

नेपाली सेनाले माग्यो ठूलो संख्यामा दरखास्त (सूचनासहित)

काठमाडौं -नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त...

विदा भए प्रहरीका एआईजी सन्दीप र मीरा

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त...

यी चार प्रदेशमा आज मेघगर्जन र चट्याङसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

कस्तो रहला आजको मौसम ?

यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश...

धेरै पढिएको