एमाले छाडेका घनश्याम भुसालले के पाए चुनाव चिन्ह ?

नेकपा एमाले परित्याग गरी रूपन्देही-१ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले त्रिभुज चुनाव चिन्ह पाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले बुधबार भुसाललगायत स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको हो।

भुसालले चुनाव चिन्ह किताब लिन चाहेका थिए। उम्मेदवारी दर्ताको दिन उनले किताब चिन्ह भए राम्रो हुने बताएका थिए।

एमालेका पूर्वउपमहासचिव तथा नेता भुसालले रूपन्देही-१ बाट प्रतिनिधि सभामा दाबी गरेका थिए। उनको सिफारिस भने उनी २०७४ मा विजयी भएको रूपन्देही-३ बाट भएको थियो। अन्तिममा पार्टील उनलाई कुनै पनि क्षेत्रबाट टिकट दिएन।

एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रखर आलोचक रहेका भुसालले त्यसपछि पार्टीबाट राजीनामा दिएका थिए। अहिले उनी रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन्। सत्ता गठबन्धनले उक्त क्षेत्रमा कुनै पनि उम्मेदवार नउठाएर भुसाललाई समर्थन गरेको छ। सत्ता गठबन्धनको भागबन्डामा यो क्षेत्र माओवादी केन्द्रले पाएको थियो।

त्रिभुज चिन्ह पाएपछि भुसाललाई त्यसलाई अर्थ्याएका छन्। त्रिभुजका तीन रेखाले लोकतन्त्र, सामाजिक न्याय र जनमुखी विकासको प्रतिनिधित्व गर्ने भन्दै उनले त्यसैलाई नारा बनाएका छन्।

सिफारिस

स्वास्थ्यकर्मी र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं- स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता...

कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस भएका मानबहादुर कार्कीलाई अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले...

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

भर्खरै

कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

धेरै पढिएको