माधव नेपालको पार्टीले देउवालाई भोट नदिने

सत्तारूढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले डेडल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट नहाल्ने भएको छ।

डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि उठेका देउवाको साटो एकीकृत समाजवादीले कांग्रेस (बिपी) का उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको हो।

कांग्रेसले आफूहरूलाई प्रदेश सभामा उठ्न नदिएपछि यस्तो निर्णय लिइएको एकीकृत समाजवादीका डडेल्धुराका अध्यक्ष कविन्द्र बिष्टले बताए।

‘हामीले प्रदेश सभाको एउटा सिट माग गरेका थियौं। एउटा सिट माओवादीलाई दिएर अर्कोमा कांग्रेस नै उठ्यो। पार्टी जोगाउनुपर्ने भएपछि हामीले कांग्रेसलाई समर्थन नगर्ने भएका हौं,’ बिष्टले भने।

गठबन्धनविरूद्ध नउभिन एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले आग्रह गरे पनि बाध्यात्मक परिस्थितिका कारण देउवालाई समर्थन गर्न नसकिने जानकारी गराएको बिष्टले बताए।

एकीकृत समाजवादीले प्रतिनिधि सभामा मल्ललाई सघाउने र प्रदेशमा कांग्रेस (बिपी)ले एकीकृत समाजवादीका उम्मेदवारलाई सघाउने विषयमा दुई दलबीच लिखित सहमति नै भएको छ।

यसअघि मल्ललाई नेकपा (एमाले) ले समर्थन गर्ने जनाएको थियो। मल्ललाई सघाउन एमालेले डडेल्धुरामा आफ्नो उम्मेदवार नै उठाएको छैन।

शुक्रबार मात्रै एमाले जिल्ला कमिटीले मल्ललाई समर्थन नगर्ने निर्णय गरेको छ। गत स्थानीय चुनावमको मतपरिणामअनुसार डडेल्धुरामा कांग्रेसका वडाध्यक्षहरूको मत २१ हजार ७३५ रहेको छ भने माओवादी केन्द्रको मत १२ हजार ८७८ र एकीकृत समाजवादीको ५ हजार ४१ रहेको छ। यस्तै कांग्रेस(विपी) को मत ३हजार ६०४ रहेको छ।

एकीकृत समाजवादीले प्रदेश सभा (क) मा तारा जोशीलाई उम्मेदवार बनाएको छ।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको