माओवादी केन्द्रका यी नेताहरुले दिए सामूहिक राजीनामा

नेपालगन्ज – उमेदवार छनोटको विषयलाई लिएर बाँकेका क्षेत्र नम्बर ३(क)मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थानीय तहका नेताले सामूहिक राजीनामा दिएका छन् ।

नेतृत्व तहले स्थानीय तहका कमिटीले गरेको सिफारिसलाई वास्ता नगरी पार्टीको पद्धतिभन्दा बाहिर गएर उमेदवार छनोट गरेको आरोप स्थानीय नेता तथा कार्यकर्ताले लगाएका छन् ।

निर्वाचनमा उमेदवार छनोटको लागि प्रदेश कमिटीले गरेको सिफारिस र उमेदवार छनोट कार्यविधि विपरीत पार्टीको माथिल्लो कमिटीबाट जर्बरजस्त रुपमा मनोनयन गरेपछि स्थानीय तहका नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।

माओवादीको खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र बाँके क्षेत्र नम्बर ३ (क) समन्वय समिति अध्यक्ष र सचिवले सहितका नेताले सामूहिक राजिनामा दिएको विज्ञप्तिमार्फत घोषणा गरेका छन् ।

गठबन्धन भएको बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौर उम्मेदवार छन् । प्रदेश सभा सदस्यको लागि क्षेत्र नम्बर ३ (क) बाट माओवादी केन्द्र इन्द्रबहादुर खरेल(आइपी) र (ख)बाट नेपाली कांग्रेसका बादशाह कुर्मी उमेदवार छन् ।

पार्टीको केन्द्रले उमेदवार छनोट गर्दा स्थानीय तहको भावना विपरीत गरेको भन्दै असन्तुष्टि जनाउनेमा माओवादी क्षेत्रीय समन्वय समिति बाँके क्षेत्र नम्बर ३ (क) संयोजक दिपेन्द्र बहादुर शाह, सचिव महेन्द्र बहादुर शाहीलगायत रहेका छन् ।

उनीहरुले दिएको राजीनामालाई समर्थन जनाउँदै माओवादी बैजनाथ गाउँपालिका समिति अध्यक्ष जयबहादुर विश्वकर्मा र खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विकले ऐक्यवद्धता जनाएका छन् ।

माओवादी केन्द्र बाँके जिल्ला संयोजक डम्बर विक तुफानले स्थानीय तहका नेताहरुले उमेदवार छनोटको विषयलाई लिएर केहि असन्तुष्टि जनाएको विषयलाई समाधान गर्ने प्रयास गरिरहेको बताए ।

बाँके क्षेत्र नम्बर ३ (क)का उमेदवार खरेलले चुनावका बेला यस्ता घटना र असन्तुष्टिलाई सम्बोधन गर्दै अगाडि बढने तयारी भैरहेको बताए ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको