देशभरका बागी, प्रस्तावक र समर्थकलाई माओवादीले गर्यो निष्कासन

नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाहीको निर्णय गरेको छ ।

पार्टी नीतिविपरीत गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिइ उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माओवादीले निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धता सहित असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरेमा वा आफ्नो उम्मेदवारी निस्क्रिय गराएमा उनीहरु उपरको कारबाही फिर्ता लिइने पनि जनाएको छ ।

‘यही २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमति भई बनेका नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का आधिकारिक उम्मेद्वार एवम् गठबन्धन दल बीच सहमतिमा बनेका गठबन्धन दलका आधिकारिक उम्मेद्वारको विरुद्धमा पार्टी कार्यकर्ताद्वारा बागी उम्मेद्वारी दिई तोकिएको मिति र समयभित्र उम्मेद्वारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेद्वारहरु, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको कुरा अवगत गराउन चाहन्छौं,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्धारित मिति र समयभित्र आफ्नो उम्मेद्वारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेद्वारले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेद्वारलाई विजयी गराउन पूर्ण रुपमा सक्रीय रहने प्रतिबद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेद्वारी निस्क्रिय गराएमा त्यस्ता बागी उम्मेद्वार तथा तिनका प्रस्तावक र समर्थक उपर कारबाही फिर्ता लिइने व्यहोरा सबै पार्टी पंक्तिलाई जनाकारीको लागि निर्देशन अनुसार अनुरोध छ।’

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको