राष्ट्रिय स्वतन्त्र पार्टीका अब्बल महिला उम्मेदवार, को कहाँबाट लड्दैछन् ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न क्षेत्रमा अब्बल महिला नेतृहरूलाई चुनावमा उतारेको छ । रवि लामिछाने नेतृत्वको रास्वपाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि चिकित्सक, उद्यमी, सामाजिक अभियन्ता, कुशल सञ्चारकर्मी लगायतका महिला नेतृहरूलाई देशका विभिन्न स्थानबाट उम्मेदवार बनाएको हो । पार्टीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी महिला उम्मेदवार उठाएको छ ।

ललितपुर क्षेत्र नम्बर ३ बाट डाक्टर तोसिमा कार्की रास्वपाबाट उम्मेदवार छिन् । कार्की चर्चित मेडिकल अभियन्ता समेत हुन् । तोसिमा पाटन अस्पतालमा जनरल सर्जनका रुपमा कार्यरत छिन् । उनले ‘स्वस्थ नेपाली, सुखी नेपाली’ बनाउने लक्ष्य लिएकी छिन् । जनताप्रति इमान्दारिता डाक्टर कार्कीको मुख्य प्रतिबद्धता छ ।

त्यस्तै, सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा माया गुरुङ उम्मेदवार छिन् । पर्वतारोही, पर्यटन व्यवसायी, सामाजिक अभियन्ता र समाजसेवीको रुपमा उनी परिचित छिन् । सिन्धुपाल्चोक जिल्लाबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिलाको रुपमा उनले आफूलाइ उभ्याएकी छिन् । उनले संसारका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने विश्वकै पहिलो महिला टिममा रहेर काम गरेर इतिहास रचेकी छिन् ।

रास्वपाले धादिङ क्षेत्र नम्बर २ बाट चर्चित महिला उद्यमी बसुमाया तामाङलाई उम्मेदवार बनाएको छ । उनी देशकै प्रतिष्ठित अचार व्यवसायी समेत हुन् । उनले सयौं महिलालाई आत्मनिर्भर बनाएकी छिन् । तामाङले उत्पादन गरेको अचार विश्वका धेरै देशमा निर्यात समेत हुने गरेको छ ।

त्यस्तै पार्टीले काठमाडौं क्षेत्र नम्बर २ बाट चर्चित सञ्चारकर्मी सोविता गौतमलाई चुनावमा उतारेको छ । चर्चित अधिवक्ता तथा सञ्चारकर्मी समेत रहेकी उनी मतदातामाझ परिचित छिन् । उनले चुनावमा जित निकाल्न सक्ने विश्लेषण गरिएको छ । रास्वपाले ओखलढुङ्ला क्षेत्र नम्बर १ बाट सोभा कार्की, सुनसरी क्षेत्र नम्बर १ बाट गोमा तामाङ (सरिन)लाई चुनावमा उतारेको छ । उनी उद्यमी तथा समाजसेवी समेत हुन् ।

पार्टीले चितवन ३ बाट सामाजिक अभियन्ताको परिचय बनाएकी जिता बराल, सिन्धुली १ बाट इन्जिनियर तथा युवा अभियन्ता मेनुका ठकुरी, महोत्तरी १ बाट पर्यटन व्यवसायी तथा समाजसेवी खेमकुमारी भुर्तेललाई टिकट दिएको छ । त्यस्तै सोही पार्टीको तर्फबाट बाग्लुङ २ बाट सामाजिक अभियन्ता तिला खत्री र रामेछाप १ बाट सामाजिक अभियन्ता समिक्षा श्रेष्ठलाई चुनावमा उतारेको छ ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको