देउवाको निर्देशन : हँसिया, कलम जे छ त्यसैमा भोट हाल्ने, किन चाहियो अरू कुरा?

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसीले हँसिया हथौडामा भोट हाल्न हिच्किचाउन नपर्ने बताएका छन्।

सत्ता गठबन्धनले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले आफूले पनि हँसिया हथौडामा भोट हालिसकेको सुनाए।

देउवाभन्दा अघि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसीहरु हँसिया हथौडामा भोट हाल्न हिच्किचाउने गरेको तर्फ संकेत गरेपछि देउवाले यस्तो बताएका हुन्।

‘मैले त गएको चुनावमा हँसिया हथौडामा भोट हालिसकेँ, फेरि आउने चुनावमा हाल्दैछु, कांग्रेसका सबै साथीले बुझेका छन्’, उनले भने, ‘हँसिया भएको ठाउँमा हँसिया, कलम भएको ठाउँमा कलम, रुख भएको ठाउँमा रुखमा नै भोट हाल्ने हो यति गरे पुगिहाल्यो नि! किन चाहियो अरु कुरा?’

उनले गठबन्धन दलबीच कुनै अविश्वास नरहेको भन्दै गठबन्धन राम्रोसँग चलेको बताए। प्रचण्डको प्रशंसा गर्दै देउवाले मुलुकमा स्थायी शान्ति ल्याएकोमा धन्यवाद समेत दिए।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको