कांग्रेस महामन्त्री शर्मालाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले शुक्रवार महामन्त्री शर्मालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले महामन्त्री शर्माविरुद्ध आगलागी पीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

झापा क्षेत्र नम्बर १ का उम्मेदवार शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार निरौला र उनका बुबालाई हस्तान्तरण गर्दै गरेको फोटो विजय दाल्मियाले आफ्नो फेसबुक वालमा शेयर तथा पोस्ट गरेको भनि श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा गरेको होइन भन्नसकिने कुनै आधार कारण नदेखिएको भन्दै स्पष्टीकरण सोधेको जनाएको छ ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को दफा ४ (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने उल्लेख छ ।

आयोगले रकम हस्तान्तरण भएको बारे के कस्तो भएको हो ? र नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनि प्रश्नसमेत सोधेको छ । आयोगले महामन्त्री शर्मालाई उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यलयमा आफैँ उपस्थित भइ वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

उपन्यायाधिवक्ता वाग्लेले निर्वाचन आचारसंहिता लागू भइसकेपछि निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर निर्वाचनमा उम्मेदवार रहेकाले आचारसंहिताको पूर्णरुपमा परिपालना गर्नुपर्ने उल्लेख गर्दै आगलागी पीडितलाई पैसा वितरण गर्नु निर्वाचन आचारसंहिता विपरित भएको बताए ।

उनले निर्वाचनको सन्दर्भमा मतदातालाई कुनैपनि गतिविधि गरेर कुनै प्रकारले प्रभावित पार्नु हुँदैन र लोभलालचमा देखाउनु हुँदैन भन्ने आचारसंहिताको सन्दर्भलाई लिएर आयोगको निर्णयअनुसार स्पष्टीकरण सोधिएको पनि स्पष्ट पारे । उपन्यायाधिवक्ता वाग्लेले महामन्त्री शर्माले आयोगलाई पठाएको जवाफपछि आयोगले जवाफको गहन विश्लेषण र अध्ययन गरी उचित कदम लिने स्पष्ट पारे ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको